जिमी राई उत्थान समाजद्वारा भाषिक साहित्य गोष्ठीको आयोजना शनिवार, २०७२ श्रावण १६ गते २२:००

साउन १६ / अर्जुन राई- जिमी(राई) उत्थान समाज सोलु केन्द्रीय कार्यसमिति काठमाडौंले शनिबार भाषिक रचना वाचन कार्यक्रमको आयोजना गरेको छ । 
 
कार्यक्रममा कुलुङ, खालिङ, थुलुङ र बाहिङ भाषामा लेखिएका कविता, गीत र गजल प्रस्तुत गरिएको थियो । ३७ जना स्रष्टाले आआफ्नो भाषामा लेखिएको साहित्यिक कोसेली पस्केका थिए । अधिकांश सर्जकले आफ्नो भाषा र साहित्यलाई मुख्य विषय बनाए भने केही सर्जकले विगत र समसामयिक विषयलाई उठान गरे । आफ्नो भाषा रहे मात्र आफू रहने भाव धेरैका सिर्जनामा आएको थियो । ती सिर्जनाहरू जिमी राई उत्थान समाजद्वारा प्रकाशन हुने मुखपत्र 'प्रवाह'मा समावेश गरिने समाजले जनाएको छ ।
प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित सो कार्यक्रम पावल थुलुङको समूह 'अलग अभियान' को सुमधुर धुनसँगै कार्यक्रमका प्रमुख अतिथि एबम् कवि तथा गीतकार टिका चाम्लिङले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । 
 
अतिथिको आसनबाट बोल्दै जिमी राई उत्थान समाजका केन्द्रीय अध्यक्ष यस बहादुर राईले सम्पूर्ण जिमी राई एकताबद्ध भएर हातेमालो गर्दै अगाडी बढ्नु पर्ने बताएका छन् । कार्यक्रममा बाक्लो उपस्थिति हुदा आफू ज्यादै हर्षित भएको र कार्यक्रम सफल भएको भन्दै अध्यक्ष राईले सहआयोजकहरू र प्रायोजकलाई धन्यवाद दिए । 
 
किरात खालिङ राई उत्थान संघ, थुलुङ राई सामा, नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ र थुलुङ राई सँस्कृति प्रतिष्ठान कार्यक्रमका सहआयोजक थिए ।
सहभागी स्रष्टाहरूलाई दोसल्ला ओढाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो  । अमेरिकामा बस्दै आएका प्रसान एलुङ राईले कार्यक्रमको प्रायोजन गरेका थिए ।


तस्विर : कृष्ण खालिङ/ सोलु अनलाइन


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य/लेख
1.   आर्ट काउन्सिलमा चिण्डो स्टुडियो
2.   मौलिकता र जीवनरक्षाबिच धर्मसंकट
3.   मेला दमदार कविताको
4.   ‘जय फेसबुक’ विमोचित
5.   कविता प्रतियोगिता
6.   आँसु (कविता)
7.   ताल तलैयासम्बन्धी पुस्तक बजारमा
8.   सगरमाथा आधारशिविरमा ईन्टरनेट
9.   सवै पत्रकारले पाउलान् त बीस हजार तलव ?
10.   आउछन् जसै...(कविता/किशोर सुब्बा लिम्बु)
11.   नारी दिवस आज विश्वभर मनाइँदै, महिला अधिकार जोखिममा
12.   विहानीको घामसँगै(कविता/किशोर सुव्वा लिम्बु)
13.   “पठन संस्कृति विकास गर्छौं” सोलुखुम्बु लेखक संघ (वाकुमा चिन्डो रिडर्स क्लब)
14.   भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन्
15.   'नेप्चीको लय' लिएर होराइजन साहित्य प्रतिष्ठानको दोस्रो आगमन
16.   गजल
17.   अनेकस वर्ष साहित्य पुरस्कार घोषणा
18.   त्यो कालो दिनमा के भयो
19.   अभियोग र स्यालफूस्रेको धनु
20.   जिमी राई उत्थान समाजद्वारा भाषिक साहित्य गोष्ठीको आयोजना
21.   पाखे (कविता)
22.   छोरी जन्मिए कालो ढुङ्गा, छोरा जन्मिए..(जुझ्दैछ त्यस्ता अहंकारी पुरुषहरुसँग-किन्जोम दिदीको चिठी )
23.   'आगोले जन्मोत्सव मनाउँदैन' कविताको विमोचन सम्पन्न
24.   देश दर्शनको होली कवितामय
25.   हितानको एकल कविता वाचन सम्पन्न
Results 145: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics