अनेकस वर्ष साहित्य पुरस्कार घोषणा आइतवार, २०७२ श्रावण २४ गते २२:०२

साउन २४ / काठमाडौं - नेपाली मौलिक कला,संस्कृति तथा साहित्यको विकास, विस्तार एवं प्रवर्द्धन गर्ने उद्देश्य राखी विगत ३ वर्ष अगाडि स्थापित 'अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)ले आफ्नो स्थापना पश्चात विभिन्न राष्ट्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । 

कला साहित्य र संगितको विधागत विकासको लागि सो विधाका अनुरागीहरुलाई समेटेर हरेक विधाको कार्यदल पनि गठन गरेको यस संस्था अन्तर्गतको नेपाली भाषा तथा साहित्यको विकास एवं प्रवर्द्धन गर्न गठित कार्यदलले नेपाली साहित्यमा कलम चलाउने सर्जकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले (अनेकस वर्ष साहित्य पुरस्कार कोष २०७२) स्थापना गरेको छ । 

यसै वर्षदेखि नै लागु हुने गरि २० हजार १ रुपैयाँ नगद र सम्मान पत्र सहितको यो पुरस्कार हरेक वर्ष प्रचलनमा रहेको नेपाली साहित्यको एक विधाको एक उत्कृष्ट कृतिलाई प्रदान गरिने कुरा कोषका सचिव जे।सागरले जानकारी दिनुभयो ।कोष व्यवस्थापन समितिले चयन गरेको विधामा सो विधाको अग्रज स्रष्टाहरु सम्मीलित निर्णायक समितिले छ्नोट गरेको कृतिलाई पुरस्कृत गरिने र जस अनुरुप यस वर्ष गजल विधाको कृतिलाई पुरस्कृत गर्ने निर्णय भएको कुरा पुरस्कार कोष व्यवस्थापन समिति अध्यक्ष भगवती बस्नेतले बताउनु भयो । 

यस वर्ष प्रदान गरिने पुरस्कारको लागि २०७१ वैशाख १ गतेदेखि श्रावण १५ गतेसम्म सार्वजनिक भएका गजल कृति आगामी भाद्र १५ गतेसम्म निशुल्क दर्ता गराउन समितिले सम्पूर्ण सर्जक तथा प्रकाशक समक्ष सुचित गरेको छ ।
 
कृति दर्ताको लागि काठमाडौंमा बुद्धि विश्वकर्मा रेडियो हिमालय -९८५१०४१४३५,विराटनगरमा हेम सहयात्री रेडियो मकालु -९८१९३३२५४९,९८१७३४८५४१,चितवनको लागि लेखराम सापकोटा सुनगाभा बुक हाउस लायन्स चोक, बालकुमारी कलेज रोड ,नारायणगढ -९८५५०६५१३८ र बुटवलको लागि समीर शायर भट्टराई -९८५७०३६१४४,९८०७५६५७३३ रेडियो बाणगगाँ ९०.६ बाणगँगा न .पा १३ लाई सम्पर्क केन्द्र तोकेको छ । 

आगामी असोज २५-२६ गते काठमाडौंमा हुन गइरहेको अनेकसको विश्व सम्मेलन तथा तेस्रो इनास फिल्म अवार्डको समारोह पारेर सो पुरस्कार प्रदान गरिने उक्त पुरस्कार कोषको संरक्षकमा अनेकस केन्द्रिय अध्यक्ष पुष्प बरुवाल हुनुहुन्छ ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य/लेख
1.   आर्ट काउन्सिलमा चिण्डो स्टुडियो
2.   मौलिकता र जीवनरक्षाबिच धर्मसंकट
3.   मेला दमदार कविताको
4.   ‘जय फेसबुक’ विमोचित
5.   कविता प्रतियोगिता
6.   आँसु (कविता)
7.   ताल तलैयासम्बन्धी पुस्तक बजारमा
8.   सगरमाथा आधारशिविरमा ईन्टरनेट
9.   सवै पत्रकारले पाउलान् त बीस हजार तलव ?
10.   आउछन् जसै...(कविता/किशोर सुब्बा लिम्बु)
11.   नारी दिवस आज विश्वभर मनाइँदै, महिला अधिकार जोखिममा
12.   विहानीको घामसँगै(कविता/किशोर सुव्वा लिम्बु)
13.   “पठन संस्कृति विकास गर्छौं” सोलुखुम्बु लेखक संघ (वाकुमा चिन्डो रिडर्स क्लब)
14.   भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन्
15.   'नेप्चीको लय' लिएर होराइजन साहित्य प्रतिष्ठानको दोस्रो आगमन
16.   गजल
17.   अनेकस वर्ष साहित्य पुरस्कार घोषणा
18.   त्यो कालो दिनमा के भयो
19.   अभियोग र स्यालफूस्रेको धनु
20.   जिमी राई उत्थान समाजद्वारा भाषिक साहित्य गोष्ठीको आयोजना
21.   पाखे (कविता)
22.   छोरी जन्मिए कालो ढुङ्गा, छोरा जन्मिए..(जुझ्दैछ त्यस्ता अहंकारी पुरुषहरुसँग-किन्जोम दिदीको चिठी )
23.   'आगोले जन्मोत्सव मनाउँदैन' कविताको विमोचन सम्पन्न
24.   देश दर्शनको होली कवितामय
25.   हितानको एकल कविता वाचन सम्पन्न
Results 145: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics