‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ' शुक्रवार, २०७२ आश्विन ०१ गते २०:४१

स्याङ्जा, चिन्नेवासमा जन्मिएका सागर लम्साल ‘बले’ नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्यश्रृंखला भद्रगोलका एक मुख्य कलाकार हुन् । शंकरदेवमा बीबीएस अध्ययनरत रहँदा एकदिन सागरले पुतलीसडकमा मोडलिङ एजेन्सीको कार्यालय देखे । अचानक उनलाई मोडलिङ सिक्ने हुटहुटी चल्यो । मोडलिङको ज्ञान लिने क्रममै उनी अभिनयको कक्षा लिन नाट्यकर्मी वीरेन्द्र हमालकहाँ पुगेका थिए ।

रंगमञ्चमा अभिनय गरेको अनुभव बोकेका लम्साललाई निर्देशक आदित्य विक्रम लम्सालले चलचित्र ‘लोफर’ का निम्ति अवसर दिए । लोफरमा ‘बले’ कै चरित्रमा गरेको उत्कृष्ट अभिनय देखेपश्चात् उनलाई कुमार कट्टेल जिग्रि र अर्जुन घिमिरे पाँडेले भद्रगोलका निम्ति प्रस्ताव राखे । दयाहाङ राई, आर्यन सिग्देल आदिद्वारा अभिनीत लोफरमा सबैभन्दा बढी प्रशंसा सागरले नै बटुलेका थिए । त्यसपछि उनले चलचित्र लज्जामा पनि काम गरे । चलचित्रका प्रस्ताव पनि थुप्रै आए तर चित्त नबुझेर काम नगरेको सागरले बताए ।

करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका सागर कुनै समय अध्ययनकै निम्ति क्यानाडा जाने तयारीमा थिए तर भद्रगोलको ‘बले’ चरित्र लोकप्रिय भएपछि उनले त्यो अवसर छोडिदिए । हाल हरि निरौला ‘कक्रोच’ सँग जोडी बनाएर स्टेज प्रहसनका निम्ती देश विदेशका कार्यक्रमहरूमा सहभागी भैरहेका सागर विज्ञापन, सर्ट मुभी तथा मोडलिङमा पनि सक्रिय छन् ।

हास्यकलाकारका रूपमा आफूलाई कत्तिको सफल मान्नुहुन्छ ?
‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ, आज नबाँचिने भैयो’ जस्ता सुस्त गतिमा बलेले बोल्ने संवाद धेरै दर्शकले रुचाउनुभएको छ । जिग्री बोरो र साङ्लो बोरोको टिममा बले थपिनेबित्तिकै रौनक बढ्छ भन्ने प्रतिक्रिया पाएको छु । यद्यपि म अहिले संघर्षकै क्रममा छु, सफल भैसकेको छैन । मैले अझै धेरै मेहनत गर्नु छ । मेरो सिर्जनात्मक क्षमता दर्शकले रुचाइदिनुभयो भने एक दिन अवश्य सफल हुनेछु ।

ठूलो पर्दाबाट सानो पर्दामा आउनुभयो, अब फेरि चलचित्रमा काम गर्ने योजना छ कि ?
म चलचित्रबाटै अभिनय क्षेत्रमा प्रवेश गरेको कलाकार हुँ, त्यसैले चलचित्रमा निरन्तर काम गर्ने मन छ । अहिले एउटा चलचित्रको स्क्रिप्ट अध्ययन गरिरहेको छु, सम्भवत: त्यो चरित्रमा अभिनय गर्छु तर चलचित्रमा काम गरे पनि टेलिभिजन भने छोड्दिनँ । मलाई लोकप्रिय बनाउन भद्रगोलले ठूलो भूमिका खेलेको छ ।
 
भद्रगोलको ‘बले’ को चरित्रलाई अझ सशक्त बनाउन केही सोच बनाउनुभएको छ ?
बलेको चरित्रलाई दर्शकहरूले रुचाउनुभएको छ । अब मैले बलेले सुस्त क्यारेक्टरमा मात्र होइन, एक्टिभ क्यारेक्टरमा पनि उत्तिकै ससक्त अभिनय गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्नु छ । त्यो भूमिका यथावत् राख्दै अबका अन्य प्रोजेक्टमा नयाँ क्यारेक्टरमा आफूलाई प्रस्तुत गर्ने योजना छ । अहिले नै पनि मसँग लोकप्रिय हुने फरक क्यारेक्टरको कन्सेप्ट छ । दर्शकले त्यो क्यारेक्टरमा मलाई चाँडै देख्न पाउनुहुनेछ । 
साप्ताहिक  ईकान्तिपुर



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
2.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
3.   ममताको एल्बम सार्वजनिक
4.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
5.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
6.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
7.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
8.   राजेश हमालसँग काम गर्न निश्चल तयार
9.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
10.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
11.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
12.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
13.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
14.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
15.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
16.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
17.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
18.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
22.   रुखले पनि परिचयपत्र बोक्ने
23.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
24.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
25.   भि ईन्टरटेन्टमेन्टले द विगिनीङ स्विमिङ पुल तथा कोकटेल पार्टिको आयोजना गर्ने
Results 416: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics