संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन सोमवार, २०७२ आश्विन ०४ गते १७:३८

आशविन ४ / काठमाडौं -३० वर्ष पहिले सोलुखुम्बुको टाप्टिङमा जन्मिएका आङफुला शेर्पा नेपाली र विदेशी मिडियाका नयाँ पात्र हुन । आम मानिसकै लागि नयाँ र सामान्य लाग्ने शेर्पालाई यती बेला सिएनएन, विविसी, रोयर्टसलगायतका अन्य प्रसिद्ध मिडियाले पछाइरहेका छन ।
नेपाली मिडियामा पनि उनको बारेमा चर्चा र स्थान पाउन थालेको छ । शेर्पा हिमाल तथा सगरमाथा सम्बन्धिका समाचार तथा लेखमा बारम्बार कोट भैरहेका हुन्छन । उनी नेपाली मिडियाको लागि सगरमाथाको बारेमा जानकारी दिने भरपर्दो स्रोत नै मानिन्छन ।
सामान्य किसानी परिवार जन्मेका उनलाई लागेको थिएन जीवनमा यती उचाईसम्म पुग्न सकिएला । पर्यटकको भरिया, किचन हेल्पर, कुक हुँदै माउन्टेन गाइड र पिक प्रमोशन प्रालिका प्रबन्ध निर्देशक बनेका शेर्पा यतीबेला उनको जीवनले थप उचाई लिएको छ ।
उनको नाम पछाडि माउन्टेन गाइड, कम्पनी व्यवस्थापक, जलवायु अनुसन्धनकर्ता, सञ्चारकर्मी, समाजसेबी धेरै पहिलादेखि झुण्डिदै आएका परिचय हुन । यी परिचय उनलाई खासै चिनाउन सकेन ।
न्युजिल्याण्ड र अमेरिकाका चर्चित पर्वतारोही रब अल र स्टिकर फिचरको सन् १९९६ मा सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएको सत्य घटनामा आधारित रहेर विश्व चर्चित कम्पनी युनिभर्सल पिक्चर इन्टरनेशनल र वर्किङ टाइटल प्रालिले ९४ डलर मिलियन खर्च गरेर बनाईएको हलिउड फिचर फिल्म ‘एभरेष्ट’ मा अभिनय गर्ने अवसर पाएपछि उनको परिचयमा कलाकार थपिएको छ । यही परिचयले उनलाई यती बेला विश्वमा चिनाइरहेको छ ।
सेप्टेम्बर १८ तारिख अर्थात आज विश्वभर एकैसाथ प्रर्दशन भइरहेको छ । चलचित्र एभरेष्ट इटाली, अमेरिका, फ्रान्सलगायतका देशमा प्रिमियर शो भइसकेको छ । अहिले उनीे फिल्मको प्रिमियर शो तथा प्रर्दशनको लागि विभिन्न देशहरुमा पुगेकाले विदेशी मिडियाको आँखा पनि उनीतिर पुगेका छन । नेपालमा पनि सेप्टेम्बर १६ अर्थात असोज १६ गते जय नेपाल सिनेमा घरमा प्रिमियर शो भएको थियो ।
फिल्ममा आङफुलासहित ११ जना नेपाली शेर्पा तथा माउन्टेन गाइडले अभिनय गरेका छन । १० जना शेर्पाहरु सहयोगीको भूमिका रहेपनि आङफुलाको मुख्य भुमिका छन । थ्रिडी र आइम्याक्स प्रविधिबाट छायांकन भएको चलचित्रमा गाइडको भूमिका निर्वाह गरेका उनले जानकारी दिए । उनले भने, ‘चलचित्रले हिमाल चढ्न कति कठिन र सहज छ भनेर प्रस्टाउने छ ।’
विभिन्न देशहरुमा भइसकेको प्रिमियर शो कार्यक्रममा शेर्पालाई पाँच मिनेटको बोल्ने समय दिइएको थियो । यो समयमा उनले नेपालको पर्यटन र भूकम्पपछि नेपाल असुरक्षित छ भनेर फैलिएको हल्लालाई प्रस्टाउँदै आएको उनले जानकारी दिए । उनले भने, ‘फिल्म हेरेपछि र मेरो कुरा सुनेपछि नेपाल घुम्नैपर्ने ठाँउ र सुरक्षित छ भन्ने विदेशीहरु सन्देश पाएका छन । जसले गर्दा नेपालको पर्यटन क्षेत्रको बारेमा व्यापक प्रचारप्रशारमा पुगेको छ ।’
 ‘
एक महिना अगाडि युट्युवमा हालिएको चलचित्रको प्रोमोलाई ५० करोड पटक भन्दा बढी हेरिसकिएको छ । चलिचित्रले राम्रै दर्शक पाउने आशा गरिएको छ ।’ उनले भने, ‘फिल्म हेर्दा आफैले समगरमाथा चढ्दै गरेको जस्तो लाग्ने र एक पटक हेरिसकेपछि पटक पटक हेरिरहन मन लाग्ने छ । आरोहण गर्नु साँच्चिकै साहसी र ज्यानकै बाजी राखेर खेलिने खेल रहेछ भन्ने अनुुभुती दर्शकले गर्नेछन ।’
चलचित्रको छ्याङकन काठमाडौं र सोलुखुम्बुका विभिन्न ठाँउहरु लुक्ला, फाप्दिङ, नाम्चे, तेङबुचे, फेरुचे, लोपुचेलगायत विदेशका विभिन्न ठाँउमा गरिएको छ । यस अगाडि हलिउडमा कुनै पनि चलचित्रमा सगरमाथालाई कथाबस्तु बनाएको पाइदैन ।
सन् १९९९ बाट मजदुर बनेर पर्यटन क्षेत्रमा प्रवेश गरेका शेर्पा माउन्टेन गाइड भएर हाल विश्वमा प्रर्दशन हुन लागेको चलचित्रमा आफुले भूमिका निर्वाह गर्न पाउँदा गर्वको अनुभूती तथा नेपालीकै शान बढेको बताएका आङफुलाले बताएका छन । ‘शेर्पा जातीले पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदान फिल्ममा प्रस्ट देखिएको छ’ उनले भने ‘चलचित्र प्रर्दशन पछि शेर्पाहरुको पहिचान र नेपालको पर्यटनले विश्वमै चर्चा पाउने विश्वास लिएको छु ।’
भरिया भएर काम गर्दाका दिनहरु सम्झिदै शेर्पाले भने आफुले काम गरिरहेको तथा अनुभव बटुलेको विषयमा अभिनय गर्न पाउदा निकै उत्साहित बनेको बताए । सोही चलचित्रमा अभिनय गरेको पारिश्रमिक ३५ लाख पाएको श्रोतले बताएको छ । चलचित्र निर्माण गर्दा सम्पुर्ण व्यवस्थापनको कार्य आङफुला कार्यरत कम्पनी पिक प्रोमोशनले गरेको थियो ।
ईहिमालयन्यूज
 



Share |
प्रतिक्रियाहरु
mingmanuru sherpa , pawai juke
Congratulation

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
2.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
3.   ममताको एल्बम सार्वजनिक
4.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
5.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
6.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
7.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
8.   राजेश हमालसँग काम गर्न निश्चल तयार
9.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
10.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
11.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
12.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
13.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
14.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
15.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
16.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
17.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
18.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
22.   रुखले पनि परिचयपत्र बोक्ने
23.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
24.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
25.   भि ईन्टरटेन्टमेन्टले द विगिनीङ स्विमिङ पुल तथा कोकटेल पार्टिको आयोजना गर्ने
Results 416: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics