विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई बुधवार, २०७२ आश्विन १३ गते १४:४१

 
असोज १३ / अर्जुन राई-  कलालाई सधै जीवनको अर्को  पाटो ठान्ने यसोदा खालिङ राई जहाँ गए पनि उनी आफ्नो कलासँगै हुन्छिन् । कला र गलाका धनी यसोदाले सात समुद्रपारि रहेर पनि नेपालीपनलाई  ताजा बनाई राखेकी छन्, यस प्रतिको मोह कति पनि कम भएको छैन । जन्मभूमिलाई औधी माया गर्ने उनी गाउँ र गाउँका साथी-आफन्तहरूको सम्झनाले अमेरिका बिर्साई दिएको कुरा गर्छिन् आफ्नो गीतमार्फत । कहिले उनी ऎसेलु टिप्दै गाई चराएको सेन्कुलाई सम्झन पुग्छिन् त कहिले बनभोज खान गेकु गएको क्षणलाई सम्झन्छिन् । अमेरिकामै रहेर पनि गायिका यसोदाले लालजतीको जन्ती गएको वाकुलाई मनमष्तिष्कमा सजाएर राखेकी छन् ।   ऱ्योकु एकराते बजारमा आयोसा गाएर रातै कटाएको सम्झदा त झन उनी कल्पनामै आफूलाई हराएको पत्तो पाउदिनन् । अर्कोतिर टुङनाको धुनमा मन भुलेको कुराले उनको मन त्यसै त्यसै चङ्गा भई दिन्छ ।  समय र परिस्थितिले जहाँ पुऱ्याए पनि जन्मेको ठाउँलाई सम्झिरहनु मानवधर्म हो भन्ने उनको भनाइ छ । "जननी जन्म भूमिश्च स्वर्ग दपि गरियसी" भन्ने उक्तिलाई जहिल्यै आत्मसात गरेर जन्मभूमि, नेपाली माटो र मुटुका गीत गाउनु गायिका यसोदा खालिङका लागि नशा बनी सकेको छ ।
 
 
नेपाली गजल गायक नरेन्द्र प्याशीलाई संगीतका मुख्य गुरु मानेकी गायिका यसोदा खालिङ राईले सोलु अनलाइनसँगको संक्षिप्त कुराकानीमा गीत गाउन ज्यादै कठिन काम भएको बताइन् । सानो मेहनत र साधनाले गीत गाउन नसकिने उनको तर्क छ । पविधन खालिङ(अमेरिका), नर बहादुर दाहाल(अमेरिका) र हरि लम्साल(नेपाल) उनका निटकतम संगीतकार हुन् ।
 

 नेपालमै बसेर नेपाली गीत सुन्न छोडेका र विदेशी गीत संगीतमा आफ्नो रवाफ देखाउने नेपालीहरूलाई चुनौति दिएकी छन् यसोदाले । नृत्य र गायनको क्षेत्रमा उनले दिएको योगदान साच्चै सराहनीय छ । कोरियोग्राफीमा पनि उनको लगाव उत्तिकै छ ।
 

सोलुखुम्बुको विकट गाउँ जुभिङमा जन्मेकी यसोदा खालिङ राईले बाल्यकाल घाँस,दाउरा र मेलापात गर्दै विताइन् । निम्न माध्यमिक तहसम्मको अध्ययन गाउँकै जुभिङ नि.मा.वि.(हालको जुभिङ मा.वि.)बाट पूरा गरिन् । तत्पश्चात उनी  राजधानी प्रस्थान गरिन् । हुने विरुवाको चिल्लो पात भने जस्तै सानै उमेरबाट नृत्य र गायनमा ज्यादै रूची राख्ने यसोदा काठमाडौं पसेर यसमै लागि रहिन् । साथै उनले एस्.एल्. सी.सम्मको पढाइ काठमाडौंमा सकाइन् । साथै अमेरिका जाने अवसर पनि मिलिहाल्यो । उनको अमेरिका बसाइले एक दशक पूरा गरेको छ ।  अमेरिकामै बसेर केही वर्ष अगि यसोदाले आफ्नो पहिलो एकल गीती एल्बम 'यसोदा' बजारमा ल्याइन् । एल्बममार्फत कर्णप्रिय स्वरमा धनी  यसोदा श्रोताको मन मनमा पस्न सफल भइन् । खालिङ भाषाको गीती एल्बम 'बिजमफूल' मा पनि यसोदाको स्वर सुन्न पाइन्छ । 
 

गायिका यसोदाले अब तत्कालका लागि गीती एल्बम ननिकाल्ने बताइन् । युट्युवको लागि भने चार -पाँच महिनाभित्र तीन वटा गीतहरू सार्वजानिक गर्ने जानकारी दिइन् । तिमध्ये दुई वटा गीतमा हरि लम्सालको संगीत रहने छन् भने एउटामा पुराना संगीतकार नरबहादुर दाहालको रहने छ । भविष्यमा सार्वजानिक हुने गीतहरू आधुनिक र चलचित्र क्षेत्रका हुनेछन् । गाउन नभ्याइएका गीतहरूको थुप्रो रहेको र ती थन्क्याएर राखेका गीतहरू कहिले गाइसक्ने भन्नेमा उनी चिन्तित छन् । पछिल्लो समयमा आसुतोष राईको एल्बममा "निष्ठुरी मुटु ..."बोलको गीतमा  स्वर भरेर नेपाल पठाइदिएकी छन् । जसमा आसुतोष राईकै शब्द- संगीत रहेको छ भने संगीत संयोजन कृष्णभक्त राईको रहेको छ ।
 

फरक प्रसङ्गमा यसोदाले आफ्नो गाउँले फट्को मारेको देखेर खुसी व्यक्त गरिन् । पहिलेको भन्दा अहिले धेरै विकसित भई सकेको कुरा विभिन्न मिडियामार्फत सुन्दै र हेर्दै आएको उनी बताउछिन् । विदेसिने युवा विदेसिए पनि गाउँमा बस्नेले सकभर आफ्नो गाउँ ठाउँलाई राम्रो बनाउनु पर्ने र यसमा आफ्नो हौसला , साथ र सहयोग रहिरहने बताइन् ।
 

 स-परिवार न्यू योर्क उडसाइडमा बस्दै आएकी यसोदा केही वर्षपछि नेपाल फर्केर नेपाली संगीतमै लाग्ने बताउछिन् । हिन्दी र पाश्चात्य संगीतमा झुमिरहेका युवावर्गले यसोदाबाट धेरै कुरा सिक्न जरुरी छ । नजिकको तीर्थ हेला गरे जस्तै नेपाली मौलिक गीत संगीतलाई बिर्सेर भारतीय र पश्चिमी गीतको पछाडि दौडनु मुर्खता सिवाय अरु केही होइन । 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
2.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
3.   ममताको एल्बम सार्वजनिक
4.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
5.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
6.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
7.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
8.   राजेश हमालसँग काम गर्न निश्चल तयार
9.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
10.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
11.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
12.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
13.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
14.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
15.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
16.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
17.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
18.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
22.   रुखले पनि परिचयपत्र बोक्ने
23.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
24.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
25.   भि ईन्टरटेन्टमेन्टले द विगिनीङ स्विमिङ पुल तथा कोकटेल पार्टिको आयोजना गर्ने
Results 416: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics