भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन् आइतवार, २०७२ आश्विन २४ गते २०:५०

२४ असोज / काठ्माण्डौं - जोङसार जम्याङ खेन्ट्से रिन्पोछे प्रसिद्ध भुटानी धर्मगुरु हुन् । खेन्ट्से नोर्बुका नामले पनि चिनिने उनी सिनेमा निर्माण र पुस्तकलेखनमा पनि उत्तिकै प्रसिद्ध छन् । ‘दि कप’ ९१९९९०, ‘ट्राभलरर्स एन्ड म्याजिसिएन्स’ ९२००३० र ‘वर : अ ब्लेसिङ’ ९२०१३० उनका प्रसिद्ध सिनेमा हुन् । ‘ह्वाट मेक्स यु टन अ बुद्धिस्ट’ ९२००७० र ‘नट फर ह्याप्पिनेस’ ९२०१२० उनका पुस्तक हुन् ।
 
सेप्टेम्बर १ देखि ७ सम्म चिनियाँ, युरोपेली र अमेरिकी गरी ७ सय ५० शिष्यलाई काठमाडौंमा प्रसिद्ध बौद्ध भिक्षु नागार्जुनको दर्शन र महायानी बौद्धमत ‘माध्यमिक’ र यसले उठाएको शून्यताबारे धर्मदेशना गर्न नेपाल आएका उनीसँग घनश्याम खड्काले गरेको कुराकानी स्

मानिस किन दुस्खी छन् ?
किनभने मानिसमा ज्यादै अज्ञानता छ ।

धर्मगुरुको परम्परागत आचरणभन्दा भिन्न, यहाँ सिनेमासमेत बनाउनुहुन्छ । एउटा रिन्पोछेलाई त्यो किन आवश्यकता पर्‍यो ?
पहिलो त म उति राम्रो अभ्यासी होइन । दोस्रोचाहिँ के भने, म भिन्न तरिकाले सोच्छु । कारहरू त अरू पनि थुप्रै छन् ।

धर्म देशनाका लागि नेपाललाई नै छान्नुको कारण के हो ?
नेपाल त्यो देश हो जहाँ बुद्धको जन्म भएको थियो । एकजना नेपालीले बुद्धत्व प्राप्त गरेर संसारलाई नै अहिलेसम्म उजिल्याएको तथ्य नेपालीले थाहा पाउनु जरुरी छ । खालि भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन् । तर बुद्धको ज्ञानलाई पच्छ्याउँदैनन् । बुद्धले के भन्नुभएको थियो भन्ने नै थाहा छैन ।
 
भूगोलमा अग्लो सगरमाथाको आधा भाग अर्कै देशमा पर्छ । तर ज्ञान र बुद्धताको शिखरमा पुगेको सिंगै मान्छे नेपालको हो । मात्र नेपालको । यो तपाईंले गुमाउनुभयो भने सबै गुमाउनुहुन्छ ।
 
अर्को कुरा, नेपाल पुण्यभूमि हो । नेपालले बुद्धधर्म तिब्बत र चीनमा फैलाउन सेतुको काम गर्‍यो । महान् गुरु पद्मसम्भवले नेपालमै तपस्या गर्नुभएको थियो र तिब्बतमा बुद्ध धर्मको बीउ रोप्नुभएको थियो ।

संसारभर नै बुद्धप्रति यस्तो झुकाव भएका बेला नेपालमै चाहिँ उहाँको ज्ञान पच्छ्याउने नहुनाको कारण के होला त ?
एकजना नेपाली चीन, तिब्बत, जापान, थाइल्यान्ड, बर्मा, भुटानमा धेरै पहिलेदेखि र अहिले पूरै युरोप र अमेरिकामा प्रसिद्ध भए । यो दुस्खको कुरा, नेपालमै उनको शिक्षा गुमनाम छ । किन यस्तो भयो म जान्दिनँ । त्यो त नेपालीहरूलाई नै सोध्नुस् । यो तपाइंको काम हो ।

नेपाल पहिलोपटक कहिले आउनुभएको थियो ?
१३ वर्षको उमेरमा ।

अहिले कति वर्षको हुनुभो त ?
५४ ।

त्यतिबेला नेपाल कस्तो थियो ?
एकदम बेग्लै । नब्बे प्रतिशत बौद्ध जंगल थियो ।

यसपटकको नेपाल बसाइ कति दिनको छ ?
हप्ता, दस दिनको ।

कुमारीलाई पनि भेट्दै हुनुहुन्छ हो ?
अँ, समयले भ्यायो भने । तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के भने म नेपाली लोकगीत सुन्न चाहन्छु । नारायणगोपालका गीत पनि मलाई मन पर्छन् ।

नेपाली बुझ्नुहुन्छ ?
बुझ्दिनँ । तर धूनहरू सुन्नेर आनन्द लिन्छु ।

नबुझे पनि कुनै गीतको सम्झना त होला नि सुनेको ?
छ । ‘हे कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’, ‘रेसम फरिरि।।’
 
नयाँ सिनेमा पनि बनाउँदै हुनुहन्छ कि ?
बनाउँदैछु ।
 
त्यसको नाम के होला ?
‘सिङ मी अ सङ ह्वाइल आई वेट’ ।

त्यो कहिले प्रदर्शनमा आउनेछ ?
अर्को वर्ष आउँछ कि !

पुस्तक पनि लेख्दै हुनुनुन्छ ?
लेख्दैछु । यसपटक गुरुहरूको बारेमा लेख्दैछु ।
-ईकान्तिपुर



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य/लेख
1.   आर्ट काउन्सिलमा चिण्डो स्टुडियो
2.   मौलिकता र जीवनरक्षाबिच धर्मसंकट
3.   मेला दमदार कविताको
4.   ‘जय फेसबुक’ विमोचित
5.   कविता प्रतियोगिता
6.   आँसु (कविता)
7.   ताल तलैयासम्बन्धी पुस्तक बजारमा
8.   सगरमाथा आधारशिविरमा ईन्टरनेट
9.   सवै पत्रकारले पाउलान् त बीस हजार तलव ?
10.   आउछन् जसै...(कविता/किशोर सुब्बा लिम्बु)
11.   नारी दिवस आज विश्वभर मनाइँदै, महिला अधिकार जोखिममा
12.   विहानीको घामसँगै(कविता/किशोर सुव्वा लिम्बु)
13.   “पठन संस्कृति विकास गर्छौं” सोलुखुम्बु लेखक संघ (वाकुमा चिन्डो रिडर्स क्लब)
14.   भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन्
15.   'नेप्चीको लय' लिएर होराइजन साहित्य प्रतिष्ठानको दोस्रो आगमन
16.   गजल
17.   अनेकस वर्ष साहित्य पुरस्कार घोषणा
18.   त्यो कालो दिनमा के भयो
19.   अभियोग र स्यालफूस्रेको धनु
20.   जिमी राई उत्थान समाजद्वारा भाषिक साहित्य गोष्ठीको आयोजना
21.   पाखे (कविता)
22.   छोरी जन्मिए कालो ढुङ्गा, छोरा जन्मिए..(जुझ्दैछ त्यस्ता अहंकारी पुरुषहरुसँग-किन्जोम दिदीको चिठी )
23.   'आगोले जन्मोत्सव मनाउँदैन' कविताको विमोचन सम्पन्न
24.   देश दर्शनको होली कवितामय
25.   हितानको एकल कविता वाचन सम्पन्न
Results 145: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics