भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन शुक्रवार, २०७२ मंसिर ११ गते २२:०३

मंसिर ११ / काठ्माण्डौं - नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भइरहेको छ ।
 
अमेरिकाको विस्कनसिन विश्वविद्यालयमा प्रदर्शन भएलगत्तै आइतबार अमेरिकाको सिकागो सहरमा भाग्यले बाँचेकाहरुको भव्य प्रदर्शन गरियो । सिकागोमा भएको प्रदर्शनीमा सयौँ नेपालीको सहभागिता रह्यो ।
 
आयोजक सिकागोल्याण्ड नेपाली मैत्री संघका अध्यक्ष गोपाल कँडेलले ‘भाग्यले बाँचेकाहरु’लाई ऐतिहासिक दस्तावेजको संज्ञा दिए । भावी पुस्ताका लागि यो वृत्तचित्र महत्वपूर्ण दस्तावेज बन्ने उनले बताए ।
 
विद्यार्थी एशोसियसनका अध्यक्ष रेशष श्रेष्ठले विश्वविद्यालयले नेपाली वृत्तचित्रलाई समेत मान्यता दिएर प्रदर्शन गर्ने मौका दिएकोमा निकै खुसी लागेको बताए । 

 
संचारकर्मी समेत रहेका वृत्तचित्रका निर्देशक गणेश पाण्डेका अनुसार आगामी महिनासम्म अमेरिकाको विभिन्न सहरमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुने तय भएको छ । उनका अनुसार शुक्रबार साँझ नेपाल टेक्सास समाजको आयोजनामा टेक्सासको डाल्लासमा बृत्तचित्र देखाइँदैछ ।
 
नोभेम्बर २९ तारिख नेपाली समाजकै आयोनामा कोलोराडो, डिसेम्बर १ तारिख नेपाल अमेरिका एकता समाजको आयोजनामा लस एन्जलस, डिसेम्बर ५ मा नेपाली महिला समूहको आयोजनामा सन फ्रान्सिसको र डिसेम्बर ७ मा न्यूयोर्कमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
- ईकान्तिपुर 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
2.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
3.   ममताको एल्बम सार्वजनिक
4.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
5.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
6.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
7.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
8.   राजेश हमालसँग काम गर्न निश्चल तयार
9.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
10.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
11.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
12.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
13.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
14.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
15.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
16.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
17.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
18.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
22.   रुखले पनि परिचयपत्र बोक्ने
23.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
24.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
25.   भि ईन्टरटेन्टमेन्टले द विगिनीङ स्विमिङ पुल तथा कोकटेल पार्टिको आयोजना गर्ने
Results 416: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics