मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ? शुक्रवार, २०७२ मंसिर १८ गते २२:५०

मंसिर १८ / काठमाडौं
 
पहरामा फूल फुल्यो,
के गरी म झारूँ नि
मन परेको मान्छेलाई
मोहनीले तानूँ कि, जालमा पारूँ कि
आँखीजालमा पारूँ कि।।।
 
ग्रामीण भेगकी एक चञ्चल युवती अन्योलमा छिन्। मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ? मनको कुरा कसरी व्यक्त गर्ने ? यही अन्योललाई संगीतज्ञ अम्बर गुरुङले कुनै बेला अभिव्यक्ति दिएका थिए।
 
उनैले संगीतबद्ध गरेको यो गीत उनकी चेली झुमा लिम्बूले गाएकी थिइन् र त्यो ‘अम्बर संगीत’ एल्बममा आएको थियो, केही समयअघि। बिहीबार चाहिँ राजधानीमा यही गीतको भिडियो सार्वजनिक गरियो, शिल्पी थिएटरमा।
 
पछिल्लो समय संगीतमा फरक काम गरिरहेकी झुमा २०६० यता संगीतज्ञ गुरुङको मागदर्शनमा हिँडिरहेकी छन्। ‘एक वर्षसम्म अम्बर सरले संगीत साधनामा मेरो धैर्यको परीक्षा लिनुभएको थियो,’ उनले सुनाइन्, ‘संगीतमा प्यासन नभए केही गर्न सकिन्न भन्ने उहाँको मान्यता छ।
 
त्यो क्षमताजाँचमा पास भएपछि मात्रै उहाँले मलाई चेलीको रूपमा ग्रहण गर्नुभएको हो। ‘अम्बर संगीत’ एल्बम निकाल्न चाहिँ पाँच वर्ष संघर्ष गर्नुपर्‍यो।’ ‘अम्बर संगीत’ मा छ गीत छन्। पाँच वटा गुरुङले लेखेका हुन् भने, एउटा रत्नशमशेर थापाले। संगीत गुरुङकै हो।
 
‘पहरामा फूल फुल्यो...’ को म्युजिक भिडियोको प्रदर्शनीपछि गुरुङले यति तन्नेरी गीत कहिले र कसरी रचे भन्ने विषयमा चर्चा चल्यो। यसको कथा ७७ वर्षीय संगीतज्ञले दार्शनिक पारामा सुनाए, ‘सिर्जनशीलतालाई उमेरले छेक्दैन। सर्जकको उमेर हुन्न। कलामा उमेरको हदबन्दी हुन्न। सिर्जना संवेदनाको विषय हो। हरेक मान्छेमा सुख–दुस्ख, उमंग, प्रेम र क्रोधजन्य मनोभाव पाइन्छ र तिनकै आधारमा अनेक थरी इतिहासको रचना हुने गर्छ।’
 
संगीत–नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति गुरुङ आफूले संगीत यात्रामा बटुलेका अनुभव युवा पुस्तामा साट्नसमेत चाहेको उल्लेख गर्दै भन्दै थिए, ‘अनुभवले जिउन सिकाउँछ। सिर्जना पनि त्यसैबाट अभिप्रेरित भएको हुन्छ। झुमासँग काम गर्दा म आफैंले पनि नयाँपन महसुस गरेको छु।’
 
कवि विक्रम सुब्बाले गुरुङको संगीतको चर्चा गर्दै उनैले नेपालमा नयाँपन भित्र्याएको टिप्पणी गरे। ‘शास्त्रीय संगीतमा लोक फ्युजन गराएर अम्बर दाजुले त्यस बेलादेखि नै नेपाली संगीतको स्वाद परिवर्तन गरिदिनुभएको थियो,’ उनले दाबी गरे।
 
फिल्मकर्मी नारायण पुरीले म्युजिक भिडियोको समीक्षा गरे। रंगकर्मी अनुप बराल, किरण चाम्लिङ, निर्मला लिम्बू लगायतले अभिनय गरेको म्युजिक भिडियो अमनप्रताप अधिकारीले निर्देशन गरेका हुन्।
 
ईकान्तिपुर



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको 'सम्झी सम्झी...' गीत सार्वजनिक
2.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
3.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   ममताको एल्बम सार्वजनिक
5.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
6.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
7.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
8.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
9.   राजेश हमालसँग काम गर्न निश्चल तयार
10.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
11.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
12.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
13.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
14.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
15.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
16.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
17.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
18.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
22.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
23.   रुखले पनि परिचयपत्र बोक्ने
24.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
25.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
Results 417: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics