नाटक प्रदर्शन बैसाख २ गतेदेखि बुधवार, २०७२ चैत्र १० गते १५:१७

चैत १० गते/सोलुखुम्बु-एकजना नारी पात्र हुन्छिन् डोल्मा । उनी पढेलेखेकी हुन्छिन् । उनको श्रीमान् कुसाङ पर्यटन व्यवसायी हुन्छन् । हिमाल चढ्न गएका कुसाङ नफर्किएपछि डोल्माको जीवनमा नयाँ मोड आउछ । गर्भमा रहेको बच्चा ज्याप्याङलाई जन्म दिने, हुर्काउने, पढाउने र एक जिम्मेवार नागरिक बनाउने । छोरा हुर्किएपछि आर्थिक रुपमा सबल हुनको लागि पनि उनी विदेशिन्छिन् । अभिभावकको निगरानी र हेरचाहको अभावमा ज्याप्याङ बिग्रदै जान्छ । स्कुलबाट रेस्टिकेट हुन्छ र ड्रग्सको सहारामा जिउन थाल्छ । यो कुरा थाहा पाएपछि डोल्मा आफ्नो गाउँलाई माया मारी विदेशमा नै घरजम गरी बस्न थाल्छिन् ।
यि माथिको दृश्य बैसाख २ गतेदेखि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हेर्ने पाईने भएको छ । नाटककार तथा नाटक निर्देशक डिवि किरातीको भत्किएका घरहरु नाट्यकृतिलाई अव दर्शकले हेरेर मजा लिने वातावरण लोकतान्त्रिक जन सांस्कृतिक महासँघले गरेको हो । 
नाटकको अन्त्यतिर शालिक बोल्छ । शालिक बोल्न आवश्यकता नाटककरले देख्नुहुन्छ । शालिकः काँतर विर्खे हो, भुकम्प गईसक्यो, हुरी चल्न छाडिसक्यो, अब उज्यालो पनि भईसक्यो, अब रुने कराउने काम नगर । हुरी बतासको विशेष्ता नै यहि हो । गुनासो छैन विर्खे हो । अब आफ्नो छाप्रो आफै उठाऔ । यस्ता हुरी बतास तथा बेमौसमी हुरीसँग लड्न आफै सिक । यस्तै यस्तै प्रकारले शालिकले खबरदारी गर्छ ।
लगतै विर्खेको प्रवेश गर्दै भन्छः जिउदा जति उठ मुर्दाजति सुत । नाटकमा यस्ता सम्वाद र व्याङग्या प्रसस्त भेट्न सकिन्छ ।
नाटककारको यस्तो खबरदारी नाटक प्रदर्शनीमा ३ महिला र बालबालिका सहित १८ जनाको प्रस्तुति रहने र नाटक प्रदर्शनीको लागि तयारी भईरहेको लोकतान्त्रिक जन सांस्कृतिक महासँघ सोलुखुम्बुले पत्रकार सम्मेलन गरि जनाकारी दिएको छ । 
नाटकमा एउटा मात्र घर भत्किएका छैन, घर, समाज, साँस्कृति, राजनिति भत्किएको भन्दै प्रसस्त व्याङ्ग्या गरि थुप्रै उपकथाहरु जोडिएर आएका छन् । जनयुद्धको क्रममा मारिएका ‘हर्के’ योद्धा पवन खम्बुको कथा पनि छ । उनको शिक्षक बाबु बिर्खे छोरो हर्के र छोरी पुष्पा मुक्तिको लागि लड्दा लड्दै मारिएपछि कसरी एक्लिन पुग्छन् ? सहिदका सपनाका घरहरू क्रमशः भत्किदै जान थालेपछि उनी कसरी विक्षिप्त हुन्छन् । नाटकले मार्मिक रूपमा प्रष्याएको छ । नाटकमा भत्किदै गएका आस्थाहरू छन्, विचलित हुँदै गएका कदमहरु छन्, जिर्ण हुँदै गएका विचारहरु छन् । त्रासदी र दुःखान्तका कहालीलाग्दा दुर्नियतीहरु छन् । नाटकमा एकजना पीडित गाउँले ल्हाक्पाले कुनै बेला ज्ञानको ज्योति छर्दै हिड्ने बिर्खे मास्टर बौलाएपछि कठोर पीडा ओकल्छ ।
ल्हाक्पा ! ए गुरु बिख्र्यौ रुयारो कारायारो पुनि क्या गर्नु, आबो मोरो नि ता तोपेको छ्वारा बुन्दुकको गोली खाइरा मोरो, म्यारु छ्वारा चोमोलुङ्माको हिउ खायारो मोरो, तोपेको छ्वारी राछिस्ल्या खाइरो मोरो, म्यारु छ्वारी दोलेमा यतिले खाएरा मोरो, तोपेको ससनी राकात छात्यारो मोरा, म्यारु ससनी पखाला चालेरो मोरो ।
नाटककार डि.बी. किरातीले नाटकमा देखाएको गाउँमा भने अझै शिक्षाकोमहत्व बुझाउन सकिएको छैन । त्यहाँ एकजना बाबु आफ्नो छोराले शिक्षा पाएपछि बिगे्रला भन्ने चिन्ताले ग्रस्त छ । ‘सिजोफेनिया’भन्दा खतरनाक लाग्छ यो पीडा । नाटकको एक प्रमुख पात्र टेकेको चिन्ताको विषय पनि यही हो । टेक  यो संसारमा कति बन्डुक छा ? कति तोप छा ? कति गोली बारुक छा आनि कति बमगोला छा त्यो सप्पै र्पोयाकोले बानायो खि नापो¥याकोले बानायो ? पो¥याकोहरुले पाप ग¥यो । म नार्पोयाको मन्छे भए पुनि मलाई राम्रो अनुभोक छ ।
टेकेको तर्क केही हदसम्म सही छ । तर शिक्षाले मानिसलाई असल पनि बनाउन सिकाउँछ । त्यसलाई सहि तरिकाले प्रयोग गर्नु पर्छ । मानव र प्रकृतिका हितका लागि शिक्षाले दिन सक्ने अनुपम योगदानहरु पनि छन् । त्यसलाई पनि हामीले भुल्नु हुँदैन । यहाँ नाटककारले विश्व एक्काइसौ शताब्दीको सँघारमा आइपुग्दा समेत हाम्रो राज्य र समाज कुन ठाउँमा छ भन्ने कुरा औल्याइदिएका छन् ।
कथावस्तु जस्तै नाटकको पात्र चयन र संवादमा यथार्थ र आञ्चलिकताको स्वाद भेटिन्छ । पात्रहरु हिमाली भेगमा बोलिने स्थानीय लवजमा बोल्छन् । स्थानीय ल्वजको मिठास बेग्लै किसिमको छ । नाटकको भाषिक प्रयोगमा कुनै पनि किसिमको क्लिष्टता, दुरुहता र जटिलता नभई लोकजीवनमा प्रचलित सर्वमान्य सरल, सहज तथा स्वाभाविकता झल्किएको छ ।
मौलिक भाषा र लवजको प्रयोग भएको हुदा नाटक पढ्न अलि कठिन भएपनि त्यस्तै प्रकारको क्यारिकेचर गर्ने  पात्रको छनौट गरिएकोले प्रदर्शन गर्न लागेको नाटक सफल हुने लेखक तथा निर्देशक किरातीको विश्वास रहेको छ ।  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको 'सम्झी सम्झी...' गीत सार्वजनिक
2.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
3.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   ममताको एल्बम सार्वजनिक
5.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
6.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
7.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
8.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
9.   राजेश हमालसँग काम गर्न निश्चल तयार
10.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
11.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
12.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
13.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
14.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
15.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
16.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
17.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
18.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
22.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
23.   रुखले पनि परिचयपत्र बोक्ने
24.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
25.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
Results 417: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics