उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार बुधवार, २०७३ भाद्र १५ गते ११:५८

काठमाडौं, भदौ १५ । मानवतस्करले उज्वेकिस्तानका युवतीलाई नेपालको बाटो हुँदै अवैध तरिकाले भारतीय ‘यौनबजार’ पुर्‍याउने गरेको खुलेको छ ।
भारतका विभिन्न सहरका धनाढ्यलाई उज्वेक युवती उपलब्ध गराउन तस्करले नेपाललाई ट्रान्जिट बनाइरहेको पाइएको खबर आजको नागरिक दैनिकमा छापिएको छ।
नेपालमा भिजिट भिसामा प्रवेश गर्ने उज्वेक युवतीलाई तस्करले भारतको भिसाबिनै सडकमार्गबाट भारतका विभिन्न सहर पुर्‍याउने गरेका छन् । उनीहरुलाई सोही मार्ग प्रयोग गरेर काठमाडौं ल्याई स्वदेश फिर्ता पठाउने गरेको समेत पाइएको छ।
नेपाल आउने धेरै उज्वेकिस्तानका युवती ‘ओभर स्टे’ (भिसाभन्दा बढी समय बस्ने) गर्न थालेपछि अध्यागमन विभागका कर्मचारीले सोधपुछ गर्दा यस्तो भेद खुलेको हो ।
‘उज्वेकिस्तानका युवती ओभर स्टे गर्ने क्रम बढ्दो छ । उनीहरुलाई किन समयमै भिसा नवीकरण नगरेको भनी सोध्दा भारतबाट फर्कन ढिला भयो भन्ने जवाफ दिन्छन् । तर उनीहरुको पासपोर्ट हेर्दा भारतको भिसा भेटिँदैन,’ अध्यागमन विभागस्रोतले नागरिकसँग भन्यो, ‘केहीले सिधै आफूहरु भारतमा व्यावसायिक रुपमा यौनधन्दामा संलग्न भई फर्केको बताउँछन् ।’
स्रोतका अनुसार यस्ता युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा लिन नेपाली दलाल पुग्ने गर्छन् । नेपाली दलालले उज्वेकिस्तानी युवतीलाई विभिन्न सडक मार्गबाट भारत प्रवेश गराउछँन् । सीमा कटाएर भारतीय दलालको जिम्मा लगाएपछि नेपाली दलाल फर्कने गर्छन् । ‘उज्वेक युवतीलाई टिआइएमा नेपाली दलालले रिसिभ गर्छन् । झन्डै स्कटिङ शैलीमा उनीहरुलाई नेपालबाट भारत प्रवेश गराउने गरेको जानकारी हामीले पाएका छौं,’ स्रोतले भन्यो ।
भारतले उज्वेकिस्तान नागरिकलाई भिसा दिन कडाइ गरकोले तस्करले नेपालको बाटो हुँदै उनीहरुलाई भारतको विभिन्न सहर पु¥याउने गरेका हुन् । नेपालले उज्वेकिस्तान नागरिकलाई अनअराइभल भिसा दिने हुँदा पनि तस्करलाई थप सहज भएको हो । नेपालले नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया गरी १२ देशबाहेकका विश्वका सबै देशका नागरिकलाई अनअराइभल भिसा दिँदै आएको छ ।
नेपाललाई भने विश्वका कुल ३७ देशले मात्र अनअराइभल भिसा दिने गरेका छन् ।
‘तस्करले नेपालमा दिइँदै आएको अनअराइभल भिसाको दुरुपयोग गरेर उज्वेक युवतीलाई भारत पु¥याउने गरेको देखिन्छ । नेपालभित्र निश्चित समय घुम्न उनीहरुलाई भिजिट भिसा उपलब्ध गराइन्छ तर तस्करले उनीहरुलाई सिधै सीमा कटाउने गरेको देखियो,’ स्रोतले भन्यो, ‘यसले विश्वमा नेपालको नाम बदनाम गराउँछ ।’
यस्तै, गतिविधिका कारण अमेरिकाले मानव तस्करी सम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा नेपाललाई मानव तस्करीको स्रोत, ट्रान्जिट र गन्तव्य राष्ट्रका रुपमा चित्रण गर्दै आएको छ । अमेरिकी वार्षिक मानवतस्करी प्रतिवेदनमा नेपाललाई टायर टुमा राखिएको छ ।
स्रोतका अनुसार पछिल्ला साता ओभर स्टे गरेका कारण क्षतिपूर्ति बुझाई अध्यागमन विभागबाट भिसा नवीकरण गर्ने उज्वेक युवतीको संख्या पाँच छ । अध्यागमनको तथ्यांकअनुसार सन् २०१५ यता १ सय ९७ जना उज्वेक नागरिक नेपाल प्रवेश गरेको देखिन्छ जसमध्ये युवतीको संख्या १ सय ५० छ । यसरी नेपाल आउने उज्वेक युवती करिब डेढ वर्ष अवधिमा २ देखि ४ चारपटकसम्म नेपाल प्रवेश गरेको पाइएको छ ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics