जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट शनिवार, २०७३ भाद्र १८ गते १३:०६

सोलुखुम्बु, भदौ १८ गते । सेवाग्राहीको सुविधाका लागि जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे राखिएको छ । भाषाकै कारण सर्वसाधारणले सजिलै न्याय पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले दोभाषे व्यवस्था गरिएको जिल्ला अदालत सोलुखुम्बुृले जनाएको छ ।
जिल्ला अदालत सोलुखुम्बुमा १ महिलासहित ७ दोभाषे राखिएको छ । विभिन्न जातजातिले बोल्ने भाषाअनुसार राखिएको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ ।
अदालतले राखेका दोभाषे मध्ये कल्पना राईलाई अंग्रेजी, कुलुङ, थुलुङ र खालीङ, आङजाङबु शेर्पालाई शेर्पा भाषाको लागि छनौट गरिएको अदालतले जनाएको छ । त्यस्तै निमराज तामाङ र ल्हाक्पा तामाङलाई तामाङ भाषा तथा अशोक कुमार कुलुङ र लिलानाथ राईलाई कुलुङ भाषा र जस बहादुर राईलाई बाहिङ भाषाका लागि दोभाषेका रूपमा राखिएको जिल्ला अदालत सोलुखुम्बुका श्रेष्तेदार भगवती शर्माले बताउनु भयो ।
श्रेष्तेदार शर्माका अनुसार सूचीकृत ७ दोभाषेलाई अदालतका सेवाग्रहीको भाषामा कठिनाइ नहोस् भनेर सजिलोका लागि राखिएको हो । कर्मचारीले सेवाग्राहीको भाषा नबुझ्ने र कर्मचारीको भाषा सेवाग्राहीहरूले पनि नबुझ्दा न्याय सम्पादनमा समस्या हुने भएकोले सहजताका लागि अदालतले दोभाषे राखेको अदालतले जनाएको छ ।
अदालतमा भाषाका कारणले सर्वसाधारणले उचित न्याय पाउन सकिरहेका छैनन् । त्यसैले पनि दोभाषेको प्रयोगले सजिलो हुने कानुन व्यवसायीहरु बताउँछन् । छनौट गरिएका दोभाषेले न्यायका लागि अदालत आउनेले बोल्ने भाषालाई नेपालीमा उल्था गरेर सहजीकरण गरिदिने गर्छन् । दोभाषेको सहजीकरणले कर्मचारी र पीडित दुवैलाई सजिलो हुने भएकोले सहज हुने अदालतले जनाएको छ ।
अदालतमा सर्वसाधारणको पहुँच बढाउन दोभाषेको प्रयोगले सहयोग गर्नुका साथै दोभाषे हँुदा झन्झटिलो प्रक्रियाबाट मुक्ति र पीडितले सहज न्याय पाउन सक्छन् ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics