तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन आइतवार, २०७३ भाद्र १९ गते १७:२८

सोलुखुम्बु, भदौ १९ गते । तीनदिन देखि मौसममा खरावी आएपछि सोलुखुम्बुको लुक्ला विमान स्थलमा कुनै पनि उडान हुन नसक्दा पर्यटकीय क्षेत्र खुम्बुका व्यवशायीहरु मारमा परेका छन् ।
पर्यटकिय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा चहल पहल बढ्न थालेको भएपनि गत शुक्रबारदेखि मौसम नखुलेकोले तेन्जिङ हिलारी विमान स्थल लुक्लामा कुनै पनि विमान आवतरण हुन नसकेको नागरिक उडड्यान प्राधिकरण लुक्लाले जनाएको छ । नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख बच्चुराम श्रेष्ठका अनुसार विहिबार ९ वटा उडान भरेको उक्त विमान स्थलमा अहिले मौसम खराब भएपछि कुनै एयरलाईन्सले उडान भर्न नसकेको हो ।
पर्यटकिय क्षेत्र खुम्बुको भ्रमणको लागि सडक सञ्जालले नजोडेको हुदा एक मात्र विमान स्थल लुक्लामा मौसम बिग्रीएपछि यस्तै समस्या हुने गरेको पर्यटन व्यावशायीहरु बताउछन् । सगरमाथा क्षेत्रमा पर्यटकिय सिजन सुरु भएर होटल, चोक, बाटोघाटोमा पर्यटकको चाप बढिरहेको बेला एक्कासी मौसममा खराबी आएपछि समस्या भएको हो ।
गत शुक्रबारदेखि कुनै पनि लुक्ला विमान स्थलमा उडान हुन नसक्दा अहिले खुम्बु क्षेत्रमा पर्यटक आउने माध्यम नभएकोले सुनसान बनेको व्यशायीहरु बताउछन् । नाम्चेका होटल व्यवशायी लामाकाजी शेर्पा भन्नुहुन्छ–शुक्रबारदेखि लुक्लामा जहाज आउन छाडेपछि होटल सुनसान भएको छ ।’ शेर्पाका अनुसार मौसम खराब भएपछि अहिले तीनदिन बिचमा होटल बुकिङ गरेका पर्यकहरुले मौसम नखुलेकोले आउन नपाएको भन्दै रद्द समेत गर्न थालेका छन् ।
अहिले खुम्बु क्षेत्र भ्रमणको एक मात्र माध्यम लुक्ला विमान स्थल भएकोले विकल्पको रुपमा सडक यातायात आवश्यक भएको भन्दै चौरीखर्कको सुर्केसम्म तत्काल सडक विस्तार गर्नपर्ने व्यवशायीहरु बताउछन् ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics