पुल बनेपछि सहज शनिवार, २०७३ भाद्र २४ गते ०९:०३

सोलुखुम्बु, भदौ २५ गते । सोलुखुम्बुको गुदेल ६ मा पर्ने बुदुम खोलाको ङाआईमा पुल तर्न पाएपछि स्थानीयहरु खुशी  भएका छन् । चाचालुङ गाउका २ सय २० घर र नुर्कुमका १६ घरधुरीका बासिन्दाहरुको दैनिक आवातजावत गर्ने स्थानमा हालसम्म पुल बन्न नसक्दा धेरै समस्या हुदै आएकोमा अहिले प्ल बनेपछि स्थानीयहरु खुशी भएका हुन् । 
उक्त स्थानमा पुल बन्न नसक्दा हालसम्म फरक फरक समयमा तीन जनाले ज्यान गुमाईसकेका थिए भने दर्जनौ घरपालुवा जनावर मरिसकेको स्थानीय पस्त बहादुर राईले बताउनु भयो । विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थासँग पटक पटकको निर्माणको लागि स्थानीयहरुले  पटक पटक माग गरेको भएपनि माग सुनुवाई नभईरहेको तर अन्ततः जिल्ला विकास समिति सोलुखुम्बुले माग सम्बोधन गरेको स्थानीय राजराम कुलुङ बताउनुहुन्छ । 
पुल नहुदा हिउदको समयमा झंघार बनाएर तर्नु र वर्षातमा बाँसको साँगो बनाउनुको विकल्प थिएन । समय समयमा स्थानीयको जनश्रमदानको भरमा काठेसँगो बनाएर पनि उक्त बुदुम खोला तर्दै आईरहेको स्थानीय तिर्थ भगत राई बताउनु हुन्छ ।
जिल्ला विकास समितिको १ लाख ८१ हजार ८४ रुपैया, गुदेल गाविसको १० हजार ५ सय ४२ र जिविस अन्र्तगतको झोलुङ्गे पुल शीर्षकबाट  २६ लाख ८२ हजार ५ सय ६ तथा स्थानीयहरुको १० हजार ५ सय ४२ रुपैया बराबरको श्रमदान गरि जम्मा ४५ लाख २७ हजार १ सय १६ रुपैया लागतमा निर्माण सम्पन्न भएको पुल निर्माण समितिका अध्यक्ष किपट राम राईले बताउनु भयो । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics