स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन बुधवार, २०७३ कार्तिक ०९ गते १०:२४

काठमाडौं, कात्तिक १० आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले देशका ६ हजार २ सय १० स्थानमा मतदाता नामावली सङ्कलन विशेष अभियान सुरु गर्ने भएको छ। यो खबर आजको गोरखापत्रमा छापिएको हो। 
नयाँ निर्वाचनका लागि वालिग भएका कोही पनि मतदाता नछुटून भनेर आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न १२ हजार सुरक्षाकर्मीसहित ३७ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ । 
असोज मसान्तसम्म १८ वर्ष उमेर पुगेका मतदाताको नामावाली अद्यावधिक गर्न देशव्यापी रूपमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने विशेष अभियान यही कात्तिक २६ गतेबाट सुरु हुने भएको छ । 
मतदाता नामावली सङ्कलनका लागि पहिलो चरणमा हिमाली क्षेत्रका १६ जिल्लाका सहित दुर्गम पहाडी जिल्लासहित २२ जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिनेछ ।  त्यसलगत्तै बाँकी ५३ जिल्लामा पनि यो अभियान सञ्चालन गरिनेछ ।
सोही प्रयोजनका लागि आयोगले मङ्गलबारबाट केन्द्रीय स्तरको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।  प्रशिक्षण पूर्वको इटहरी, मध्य क्षेत्रको ललितपुर र पश्चिम क्षेत्रका लागि नेपालगन्जमा सञ्चालन भइरहेको छ र त्यसमा ७५ जिल्लाका जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिइएको छ ।  
प्रशिक्षणका लागि इटहरीमा रहनुभएका निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले भने, ‘नयाँ संवैधानिक व्यवस्था अनुसार आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउनुपर्ने हुन्छ, त्यसमा स्थानीय तहको निर्वाचनको तयारीस्वरूप आयोगले देशव्यापी रूपमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न लागेको हो।’
आयोगका सहसचिव नवराज ढकालका अनुसार संविधानसभा सदस्य निर्वाचनका लागि २०७० सालसम्मको मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्य भएको थियो ।  त्यसपछि पनि मतदाता नामावली सङ्कलन गर्ने काम भए तर अद्यावधिक गर्ने कार्य भएको थिएन ।  आसन्न निर्वाचनका लागि अद्यावधिक गरिनु जरुरी छ ।   मतदाता नामावलीमा एकरूपता, शुद्धता ल्याउने उद्देश्यले मङ्गलबारबाट क्षेत्रीय स्तरमा तीनदिने मुख्य प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरिएको हो । 
तालिममा सहभागी ७५ वटै जिल्लाका जिल्ला निर्वाचन अधिकारीले जिल्लाका सचिवहरूलाई तालिम प्रदान गर्नेछन् ।  तालिमप्राप्त कर्मचारीहरू कात्तिक २६ गतेदेखि आफ्नो कार्यक्षेत्रमा खटिनेछन् ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics