चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु शुक्रवार, २०७३ कार्तिक १९ गते १८:२९

कात्तिक १२ / पोखरा - चारलाख रुपियाँ नगद पुरस्कार भएको राष्ट्रव्यापी नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्प–२०१६’को अडिसन जारी छ । 
बुटवल, पाल्पा, नवलपरासी लगायत जिल्ला अडिसन सकिएको च्याम्पियनसिपको पोखरामा पनि बृहत अडिसन हुने भएको छ । प्रतियोगिताको आयोजक बुटवलको बागेश्वरी संगीतालय हो । 
संगीतालयले आज पोखरामा पत्रकार सम्मेलन गरि पोखरा अडिसन कात्तिक २० गते गर्ने जानकारी गराएको छ । संगीतालयमा क्रियटिभ डाइरेक्टर यम पुनले स्थानीयस्तरमा रहेका नृत्य प्रतिभालाई उनीहरूको कला क्षमता प्रष्फुटन गराई राष्ट्रिय–अन्तराष्ट्रियस्तरमा स्थापित हुने अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 
 प्रतियोगितामा १४ वर्षसम्मका बालबालिकाले जुनियर र १५ देखि ३५ वर्ष उमेर समूहका युवा–युवतीले सिनियर समूहमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
कात्तिक २० गते पोखरा अडिसनका लागि रामघाटको टप्स् स्कुलमा प्रतिस्पर्धिहरू जम्मा हुनुपर्नेछ । जुनियर र सिनियर दुवै विधाका विजेताले दुई–दुई लाख रुपियाँका दरले पुरस्कार र मुम्बइमा तीन महिना निःशुल्क डान्स कोर्ष सिक्ने मौका पाउने डाइरेक्टर पुनले बताउनुभयो । 
उक्त डान्स कोर्षका लागि आयोजकले मुम्बइमा भारु डेढ लाख रुपियाँ तिर्नुपर्नेछ । यो जोड्दा एक बिजेताले झन्डै नेपाली चार लाख रुपियाँको पुरस्कार पाउनेछन् । 
प्रतियोगितामा सहभागी हुन जुनियरलाई एकहजार र सिनियरलाई १५ सय रुपियाँ शुल्क तोकिएको छ । प्रतिभा भए पनि आर्थिक अवस्था कमजोर भएकाहरू भोटिङका कारण प्रतिस्पर्धामा पछाडि पर्नसक्ने भएकाले ‘नो भोट नो एसएमएस’ को प्रावधान गरिएको छ । सबै ठाउँको अडिसनबाट छनोट भएकाबीचबाट शुरुमा सयजना छनोट गरिनेछ ।
 
प्रतियोगिहरुलाई बुटवलमा निःशुल्क तीन दिनको वर्कसप ९प्रशिक्षण० गराइने छ । त्यसबाट ४० जना र फाइनलका लागि १० जना छनोट हुनेछन् । प्रतियोगितामा भारतीय चार र एक नेपाली नृत्यकर्मी निर्णायक रहने छन् । पुस २ गते बुटवलमै राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसंगै फाइनल हुनेछ । फाइनलमा भारतीय चर्चित नृत्य प्रशिक्षक टेरेन्स लेवीन सहभागी हुनेछन् । कार्यक्रम सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने आयोजकको भनाइ छ । गोरखापत्र



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
2.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
3.   ममताको एल्बम सार्वजनिक
4.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
5.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
6.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
7.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
8.   राजेश हमालसँग काम गर्न निश्चल तयार
9.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
10.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
11.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
12.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
13.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
14.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
15.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
16.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
17.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
18.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
22.   रुखले पनि परिचयपत्र बोक्ने
23.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
24.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
25.   भि ईन्टरटेन्टमेन्टले द विगिनीङ स्विमिङ पुल तथा कोकटेल पार्टिको आयोजना गर्ने
Results 416: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics