गुदेलमा चितुवाको आतंक सोमवार, २०७३ कार्तिक २१ गते ०६:०१

सोलुखुम्बु, कातिक २२ गते । सोलुखुम्बुको गुदेलमा चितुवाको आतंकले किसानहरु चिन्तित बनेका छन् । करिब डेढ महिनाको  अवधीमा गाविस भरी ९ वटा घरपालुवा जनावर खाईदिएपछि समस्या भएको छ । शनिबार मात्र गुदेल ९ दिम्बुलका ङाङतेम्बा शेर्पाको गोठमा नै बाधिँराखेकोको गाई खाईदिएको ङाङतेम्बाले बताउनु भयो ।
गुदेलको लाम्दोनाम, नुर्कुम दिम्बुल लगायतका स्थानमा किसानहरुको गाई तथा बाख्रा जस्ता घरपालुवा जनावर चितुवाले खाईदिएपछि आतंकित बनाएको हो ।   दिनहु जसो जनावर खाईदिने तथा तर्साउने गरेको गुदेल ६ नुर्कुमका काण्डुछिरी शेर्पाले बताउनु भयोे । 
दिम्बुलका तेन्जी शेर्पाको एउटा गोरु, नुर्कुमका ङिमाकाजी र पासाङको एक÷एक वटा गोरु तथा काण्डुको एक वटा गोरु चाचालुङका हिरा प्रसाद राईको ३ वटा बाछाबाछी गरि ९ वटा गाईबस्तु चितुवाले खाईदिएको हो ।
रातभर जनावर बचाउनको लागि जाग्राम बस्ने गरेको भएपनि धेरैको जनावर खाई दिएको गुदेल ७ का हिरा प्रसाद राईले बताउनु भयो ।‘मेरो मात्र हालसम्म पटक पटक गरेर ३ वटा जनावर खाईसकेको छ । 
जिल्ला बन कार्यालय सोलुखुम्बुले जंगली जनावरले क्षति गरेमा क्षतिपुर्तिको व्यवस्था रहेको बताएपनि निवेदन, प्रहरीको मुचुल्का नगरेसम्म नदिने भएकोले धेरै झंझट भएको भन्दै कसैले पनि क्षतिपुर्तिको लागि निवेदन नदिएको पिडित किसानहरुले बताएका छन् ।  पिडितहरुले क्षति भएको बारेमा जिल्ला वन कार्यालयमा उजुरी गरेमा क्षतिको विवरण हेरी राहत उपलव्ध गराईने  जिल्ला वन कार्यालय सोलुखुम्बुले जनाएको छ । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics