चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी शुक्रवार, २०७३ मंसिर ०३ गते २२:२६

मंसिर ३ /  सोलुखुम्बु – दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ ।
 
गर्मी समयमै पनि ज्याकेट बिना बाहिर निस्कन र बाक्लो सिरक बिना रात बिताउन नसकिने नाम्चेका प्रहरीलाई आजभोलि दिन त जसोतसो बित्छ तर रात कसरी बिताउने भन्ने चिन्ता हुन्छ ।
 
चारैतिर हिमालले घेरेको तीन हजार ६०० मिटर उचाइमा रहेको नाम्चेका प्रहरी जाडोमा थरथर काँपेरै दिनरात बिताउनु पर्ने कारण हो भवनको अभाव ‘क’ वर्गको इलाका प्रहरी कार्यालय भनेर साइनबोर्डमा लेखिए पनि आफ्नो भवन नहुँदा त्यहाँका प्रहरी जस्ताको टहरामा बस्दै आएका छन् । भएको भवन पनि डेढ वर्षअघिको भूकम्पले भत्काएपछि उनीहरूको यस्तो बिजोग भएको हो ।
 
“प्रहरीको हालत देखेर बिचरा भन्दै हिँड्छन देख्नेहरू पनि”, नाम्चेस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक तेजनारायण यादवले भने – “कतिले त नेपालको पुलिसको हालत साह्रै खराब हुनेरहेछ पनि भन्छन् ।”
 
सोलुखुम्बुको सबैभन्दा माथिको प्रहरी एकाइ हो नाम्चे इलाका । सत्रजनाको दरबन्दी भएको सो कार्यालय वर्षौंदेखि राष्ट्रिय निकुञ्जको जग्गामा छ । तर आफ्नो जग्गा नभएको भने होइन ।
 
नाम्चे–३ मै १४ आना क्षेत्रफलको जग्गा प्रहरीको नाममा छ । “तर उपयुक्त चाहिँ अहिले बसेको ठाउँमै छ ।” निरीक्षक यादव भने – “जहाँ भए पनि आफ्नै भवन भएको भए बस्न सजिलो हुने थियो । अरूको सुरक्षाका लागि बस्ने प्रहरी आफैँ असुरक्षित छौ ।”
 
नाम्चेमा २०५४ सालमा प्रहरी चौकी स्थापना भएको हो । सीमा प्रशासन, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको गुल्मलगायतका कार्यालय केही व्यवस्थित भए पनि प्रहरीको भने बेहाल छ । खासगरी वर्षको छ महिना पर्यटकको ठूलो भीड हुने खुम्बु क्षेत्रमा प्रहरी र सरकारी निकायको उपस्थिति कमजोर भएको गुनासो बारम्बार सुनिँदै आएको छ ।
 
सोलुखुम्बुका प्रायः सबै चौकीको हालत उस्तै छ, तर अत्यन्तै चिसो हुने नाम्चेका प्रहरीलाई भने रात बिताउनै मुस्किल पर्ने गरेको छ । स्वास्थ्य संस्था, विद्यालयजस्ता अन्य निकायलाई विभिन्न देशी–विदेशी संस्थाले सहयोग गरे पनि प्रहरीलाई भने कसैले सहयोग नगर्ने हुँदा पनि सबैले उपेक्षा गरेजस्तो बनेको स्थानीयवासीको भनाइ छ ।
 
रातोपाटी



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics