सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन शनिवार, २०७३ मंसिर ११ गते २१:३६

मंसिर ११ / सोलुखुम्बु – स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक समितिले सर्वदलीय सहमतिका आधारमा जिल्लाका स्थानीय तहको खाका तयार गरेको छ ।यसअघि प्राविधिक समितिले सिफारिस गरेको खाकामा व्यापक विरोध आएपछि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण अयोगले तीन दिनभित्र खाका सच्याएर पठाउन बिहीबार जिल्लास्थित प्राविधिक समितिलाई नै फिर्ता गरेको थियो ।
 
विभिन्न क्षेत्रबाट आएका विभिन्न समूहको नाराबाजीकाबीच शुक्रबार साँझ अबेरसम्म चलेको बैठकले यसअघिको खाका परिमार्जन गर्दै एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय तहको खाका प्रस्तुत गरेका छन् । जसमा कुल ५४ वटा वडा कायम गरिएको छ । यसैगरी समितिले स्थानीय तहका केन्द्रसमेत निर्धारण गरेको छ ।
 
समितिले सल्लेरी केन्द्र रहने गरी सल्लेरी, वेनी, तामाखानी, गार्मा, तिंगला, टाप्टिङ, केरुङ, गोराखानी र टक्सिन्दु गाविस समेटिएका सोलु दूधकुण्ड नगरपालिकाको खाका तयार गरेको छ ।
 
त्यस्तै, चौरीखर्क केन्द्र रहने गरी नाम्चे, खुम्जुङ, चौरीखर्क र जुभिङ १, ५, ७, ८, ९ वडा लाई समेटिएर खुम्बु पासाङल्हामु गाउँपालिका, काँकु–१ तेन्दु वा बासा–७ राप्छा केन्द्र रहने गरी वाकु, काँकु, बासा, जुभिङ २, ३, ४, ६ वडा लाई समेटिएर खालिङ दूधकोसी गाउँपालिका, बुङ चोक केन्द्र रहने गरी बुङ, छेस्काम र गुदेल १, २, ३, ४, ५, ६, ७ वडा लाई समेटिएर महाकुलुङ गाउँपालिका तथा सोताङ बजार केन्द्र रहने गरी सोताङ, पावै र गुदेल ८, ९ वडालाई समेटिएर सोताङ गाउँपालिकाको खाका तयार गरेको छ ।
 
यसैगरी समितिले मुक्ली केन्द्र रहन् गरी लोखिम, जुबु, देउसा, मुक्ली, नेले, काँगेल र पन्चन गाविसलाई समेटिएर थुलुङ दूधकौशिका गाउँपलिका, नेचा केन्द्र रहने गरी सल्यान, नेचा बेतघारी र नेचा बतासे गाविसलाई समेटिएर नेचा सल्यान गाउँपालिका तथा चौलाखर्क काफ्लेचौर केन्द्र रहनेगरी गोली, चौलाखर्क र भकान्जे गाविसलाई समेटिएर लिखुपिके गाउँपालिका रहने खाका तयार गरी आयोगमा पठाउने सहमति भएको जनाएको छ । रातोपाटी



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics