सोलुखुम्बुमा १७३ जना अपराधी फरार शनिवार, २०७३ मंसिर १७ गते ०७:१६

मंसिर  १८ । जिल्ला अदालत सोलुखुम्बुले अपराधी ठहर गरी सजाय सुनाएका मध्ये १ सय ७३ जना फरार रहेका छन् । जिल्ला अदालतका श्रेष्तेदार एवं सुचना अधिकारी भगवति शर्मा ढुगानाका अनुसार विं सं २०११ साल देखि हाल कार्तिक मसान्त सम्मका गरी १ सय ९३ जना कसुरदारहरु फरार रहेकोमा गत साउनदेखी कार्तिक सम्ममा २० जनाबाट कैद र जरिवाना असुल गरिएकोले अब १ सय ७३ जना फरार रहेका हुन् ।
 
पुराना पैmसला गरिएको मुद्धाबाट कसुरदार ठानिएकाहरुको ठेगाना, बाबु, बाजेको नाम, उमेर एकिन विवरण नखुलेकाले पनि कसुरदारबाट कैद र जरिवाना अशुल गर्न समस्या भएको श्रेष्तेदार भगवति शर्मा ढुगानाले बताउनुभयो । धेरै पुराना, कम जरिवाना तोकिएका, फर्छोट हुन सम्भावना नभएका, गम्भिर प्रकृति बाहेकका मुद्धालाई जिल्ला न्याधिशको अध्यक्षतामा रहेको कैद तथा जरिवाना लगत फर्छोट समितिले फर्छोट गर्ने व्यवस्था रहेकोछ । 
 
यस्तै कार्तिक मसान्त सम्मको कुल कैद लगत ५ सय ९२ बर्ष ५ महिना ६ दिन रहेकोमा ६० बर्ष १८ दिन लगत फर्छोट भएको छ भने अब ५ सय ३२ बर्ष ४ महिना १८ दिन कैद लगत फर्छोट हुन बाकी रहेको  छ । कार्तिक मसान्त सम्मको तथ्याङ्क अनुसार १ करोड २४ लाख ६६ हजार ८ सय ६३ रुपियाँ ३७ पैसा जरिवाना अशुल गर्नुपर्नेमा ६ लाख ४५ हजार ७ सय ६६ रुपियाँ अशुल भएको अदालतले जनाएको छ । श्रेष्तेदार ढुगानाका अनुसार  १ करोड १८ लाख २१ हजार ९७ रुपियाँ ३७ पैसा जरिवाना रकम अशुल गर्न बाकी रहेको छ ।
 
यसैबीच सोलुखुम्बु जिल्ला अदालतले लक्ष्य भन्दा बढि मुद्धाको फैसला गरेको छ । चालु आर्थिक बर्ष २०७३÷७४ को कार्तिक मसान्त सम्म २३ थान मुद्धाको फैसला गर्ने लक्ष्य लिएकोमा २९ थान मुद्धा फैसला गरेको सोलुखुम्बु जिल्ला अदालतका श्रेष्तेदार एवं सुचना अधिकारी भगवति शर्मा ढुगानाले जानकारी दिनुभयो । अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका ४१ थान मुद्धा मध्ये २२ थान मुद्धाको फैसला भएको छ । १४ वटा दुनियाँबादी फौजदारी मुद्धा मध्ये ९ वटा, सरकारवादी फौजदारी ११ वटा मध्ये ६ वटा र १६ वटा देवानी मुद्धा मध्ये ७ वटा अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका मुद्धाको फैसला भएको ढुगानाले जानकारी दिनुभयो ।
 
यसैगरी चालु आर्थिक बर्षको कार्तिक मसान्त सम्म विभिन्न ३५ वटा मुद्धा थप भएकोमा ७ वटाको फैसला भएको छ । दुनियाँवादी १३ वटा मुद्धा मध्ये २ वटा, देवानी १६ मध्ये ५ वटा मुद्धाको फैसला भएको छ । सरकारवादी फौजदारी ६ वटा परेकोमा कार्तिक मसान्त सम्म कुनैको पनि फैसला नभएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ ।-solukhumbusamachar



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics