पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा शनिवार, २०७३ मंसिर १७ गते ०७:२०

सोलुखुम्बु, मंसिर १८ गते । सगरमाथा क्षेत्रहरुको सुन्दरताले संसारलाई लोभ्याएको छ । यहि सुन्दरताका कारण विदेशी पर्यटकहरु घुम्न आउँछन्, त्यहाँ रमाउँछन्, अनि आफन्त तथा साथीभाईहरुलाई त्यसको कथा सुनाउँछन ।
हिमश्रृङकाखलाको फोटो बिक्री भईरहेको छ, त्यहाँको बयानले राम्रो स्थान पाएको छ, अनि सुन्दरताले गर्दा हामीले मनग्गे आम्दानी पनि लिईरहेका छौं । देशले राजश्व पाएको छ भने व्यक्तिहरु सम्पन्नताको चुलीमा पुग्दै छन् । आलु बाहेक उत्पादन नहुने ठाउँमा बसेर पनि आँगनमै हेलिकोप्टर राख्न सक्ने अबस्था त्यही हिमाली सुन्दरताले दिलाएकोे हो । 
सुन्दरताले यति धेरै फाईदा दिएपनि त्यहाँ भित्रको कष्टदायी जीवनको याद भने कमैले गर्छन्, । त्यहाँ पुग्ने पर्यटकलाई सुबिधा दिन बसेकाहरुको कथा कारुणिक पनि छ । खुम्बुमा पर्यटकका कारण धेरै कमाएको र जीवनशैली सुध्र्रिएको चर्चा धेरैतिर हुन्छ । खुम्बुका पर्यटक व्यवसायीको जीवनशैली बिकसित मुलुकको जीवनशैली भन्दा कम रौनक छैन भनेर धेरैतिर चर्चा सुनिन्छ । तर पर्यटकको बाटो कुरेर बस्ने हिमाली क्षेत्रका बिभिन्न पदमार्गमा व्यवसाय गर्नेहरु समस्या नै समस्यामा छन् । वाकु ४ सिबुचेमा व्यवसाय गर्नुहुने दा–तेञ्जि शेर्पा छिमेकी नहुँदा निकै कष्ट हुने बताउनुहुन्छ । 
बिभिन्न पदमार्गमा भेटिने स–साना होटलहरुमा बस्ने सबैको पिडा यस्तै हुन्छ । कोही बिरामी परेमा त झनै संकट आईपर्ने उनिहरु बताउँछन् । त्यहाँ बस्ता २÷४ रुपैयां आम्दानी त हुन्छ तर छोराछोरीलाई बिद्यालय पठाउन निकै समस्या हुन्छ, खरेमा व्यवसाय गर्ने सुर्य राई भन्नुहुन्छ “छोराछोरीलाई बिद्यालय पुग्न दुईदिनभन्दा बढि लाग्छ, कसरी पठाउनु, छोराछोरीले पढ्नै पाउँदैनन्” । 
खुम्बुको मुख्य पदमार्ग भन्दा बाहेकका सहायक मार्गहरुमा मौसमी होटल पसल गर्नेहरु हिमाल छेउको चिसो जस्तै समस्याबाट ग्रसित छन् । सिटामोल लिन समेत एक÷दुई दिन हिड्नुपर्ने बाध्यता सुनाउने उनिहरु त्यहाँ बस्दा छोराछोरीलाई खेप लगाउन पनि पाउँदैनन् । 
खुम्बु क्षेत्रमा प्रशस्त आम्दानी गर्नेहरुले त नेपालका शहर तथा बिदेशमा लगेर पनि छोराछोरीलाई पढाईरहेका हुन्छन् तर कम आम्दानी गर्ने त्यस्ता धेरै व्यवसायीहरु छन् जसले लेकको चिसोमा बसेर कष्ट सहिरहेका छन् । 
हिमाली क्षेत्रको सुन्दरताभित्र लुकेका धेरै कथाव्यथाहरु छन् । भरियाका कथाहरु झनै कष्टदायक छन् भने त्यहाँ सम्म लगेर सामान बेच्ने सानो व्यापारीहरुका कथा पनि छन् । धेरैले कामएका छन्, छोराछोरीलाई सुबिधासम्पन्न बिद्यालयमा पढाउँछन्, बिरामी परे आँगनमा हेलिकोप्टर ल्याएर अस्पताल पुग्छन्, तर त्यही ठाउँका केही व्यवसायीहरु छन् जसले न त छोराछोरीलाई पढाउन सकेका छन्, नत टाउको दुख्दा सिटामोल पाउँछन्, समस्या भित्र जेलिएर जिविकाको लागी हिमाली सुन्दरतामा व्यवसाय गर्दै त्यहाँ पुग्ने पर्यटकहरुलाई सुबिधा दिने ति व्यवसायीहरुलाई सरकार वा अन्य सरोकारवाला पक्षहरुले ध्यान दिनु आबश्यक छ । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics