पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
251.   राहत नपाउने डरका कारण जोखिमपूर्ण घरमा रात बिताउन विवश
252.   पत्रकार सम्मेलन गरी चोरीको अभियुक्तलार्इ सार्वजानिक
253.   भूकम्पपछि काठमाडौंको जमिन तरलीकरण
254.   नुवाकोटमा जमिन फाट्न थालेपछि स्थानीय त्रसित
255.   राहत हामी लैजान्छौं, हेलिकोप्टर देऊ
256.   ओखलढुंगा पुगे एनआरएन
257.   सगरमाथा हिउँविहिन हुने खतरा
258.   दुधकोशीमा बाढी, नदी किनारका बासिन्दा त्रसित
259.   मन्त्री कृपासुरले दलित महिलामाथि यौन शोषणको आरोप
260.   शेर्पा माउन्टेन एडभेन्चरद्वरा सिन्धुपाल्चोकमा राहत वितरण
261.   अमेरिकी सेनाको हेलिकोप्टर दाेलखामा दुर्घटनाग्रस्त अवस्थामा फेला
262.   ईपीएस भाषा परीक्षा असोजमा सर्यो
263.   पुनर्जन्म पाँए: गाल्देन शेर्पा (आरोही)
264.   रेडक्रसको सहयोग विस्तार
265.   अमेरिका जाने डिभि चिठाको नतिजा
266.   काम गरेर फर्किएकाहरु पुनः कोरिया जान पाउने
267.   ज्यान गुमाएकाहरुको सम्झनामा बुद्ध जयन्ती मनाईयो
268.   हिमाली जिल्लाका भुकम्प पिडितहरुलाई तिब्बतमै लगेर उपचार
269.   ४ जनाकोपुरिएको ९ दिनपछि जीवितै उद्दार
270.   कोरिया-नेपाल मैत्री अस्पतालमा निशुल्क उपचार, एम्बुलेन्स र खाना पनि निशुल्क हुने
271.   विदेश जान लागि आएका ३० हजार घर फर्के
272.   १२८ घण्टापछि जीवितै उद्दार
273.   सबै शैक्षिक संस्था एक सातासम्म बन्द गर्ने सरकारी घोषणा
274.   रेकर्ड फिर्ता लिने अठोटसाथ ८४ वर्षे आरोही हिडें सगरमाथा
275.   घरमा लागेको आगोबाट बालकको मृत्यु
Results 1865: You are at page 11 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics