पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
276.   सासू, ससुरा र श्रीमानको कुटपिटका कारण श्रीमतीको मृत्यु
277.   जाजरकोटमा फैलिएको महामारी, चिकित्सक टोली पठाउन अदालतको आदेश
278.   बुद्ध जयन्ती भव्यरुपमा मनाइने
279.   इन्गेजमेन्ट गरेपछि मात्र लक्ष्मी चमारले बिहे हुँदैछ भन्ने थाहा पाइन्
280.   सूर्यबहादुर थापासँग जोडिएका केही किस्सा
281.   नयाँ दिल्लीबाट सूर्यबहादुर थापाको पार्थिव शरीर ल्याइयो
282.   वातावरण विभागले ३५० केजी प्लाष्टिक झोला जफत
283.   संसारभरका राष्ट्रिय झण्डाहरु विश्वको सर्वोच्च शिखर सगरमाथा पुर्‍याइने
284.   माओवादी मोर्चाले गरेको बन्दले सर्वसाधारणको विचल्ली (फोटोफिचर)
285.   एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन
286.   ‘पहिचानविरोधी’ जनजाति नेताहरुलाई सामाजिक कारवाही
287.   इपीएस कोरिया भाषा परीक्षाको आवेदन खुल्यो
288.   धुलिखेल–सिन्धुली–बर्दिबास सडकमा यातायातको चाप बढयो ।
289.   दण्डसजायका प्रतिवेदन पारित, तेजाब हान्नेलाई आठ वर्षसम्म कैद
290.   'म चाँडै फर्केर आउँछु है आमा, राम्रोसँग बस्नुहोस्'
291.   सोलिडारिटी इन्टरनेशनलले रिक्त पद पूर्ती गर्ने तयारी
292.   धादिङमा दुईवटा बस ठोक्किँदा ४ विदेशीसहित ५ को मृत्यु
293.   ब्याट्रीको पानी खाँदा मृत्यु
294.   नेपाल पत्रकार महासंघ ६० औं वर्षमा
295.   सोलुखुम्बुको एमाले ईन्चार्जमा किशोर अधिकारी
296.   नक्कली प्रहरी पक्राउ
297.   लिम्बु दम्पती जेल परेपछि बालबालिकाको बिचल्ली
298.   'सगरमाथा पर्यटन मार्ग' सम्बन्धी प्रधामन्त्रीलाई ज्ञापनपत्र
299.   लुम्बिनीमा संसारकै उत्कृष्ट महासिद्ध विश्व शान्ति स्तुप निर्माण सुरु
300.   ओङडा शेर्पाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
Results 1865: You are at page 12 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics