पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
451.   शेर्पा गुम्बामा मनिजप पुजा जारी
452.   प्रधानमन्त्री र मन्त्रीद्वारा आफ्नै पहिलो निर्णयको उल्लंघन
453.   होलीमा जथाभावी लोला हान्नेलाई दुई वर्षको कैद
454.   संविधानसभामा आदिवासी जनजातिको प्रभावकारी उपस्थितीको माग गर्दै सर्वोच्चमा रिट
455.   अनिश खालिङलाई बचाउन सवा करोडबढी रकम उठ्यो
456.   महासंघ नेतृत्व चयनप्रति फोनिज सिन्धुलीको आपत्ति
457.   इन्डिगो एयरलाइन्सको जहाजमा आगो लाग्यो
458.   तिन दिने लोसार कार्यक्रम भव्यताका साथ सम्पन्न, आजबाट लोसार सुरु
459.   स्याब्रु प्रतियोगिताको उपाधि ठमिछो शेर्पा किदुकलाई
460.   बृहत स्याब्रु र शेर्पा भाषामा बक्तृत्वकला प्रतियोगिता सुरु
461.   ग्याल्बो ल्होछार भब्य रुपमा मनाईने
462.   समाबेशी सञ्चारनीति लागु गर्न फोनिजको माग
463.   किरात स्वायत्त राज्यको लागि संघर्ष जारी
464.   मारमोट लोसार म्याराथुन सफल पार्न पत्रकार सम्मेलन
465.   पर्वतारोहण संघमा आङ छिरिङको प्यानलै विजयी
466.   मन्त्रिपरिषद बिस्तार अन्योलमा
467.   ट्रान्सर्फमर खरिददेखि भण्डारणसम्म अनियमितता
468.   पर्वतारोहण संघको नयाँ नेतृत्वका लागि दुर्इ प्यानल
469.   सुशिल कोइराला आज प्रधानमन्त्री निवास सर्दै ।
470.   आज प्रजातन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइदै
471.   कक्षा ११ को मौका परीक्षाको नतिजा प्रकाशित, ७९.१४ प्रतिशत उत्तिर्ण
472.   संबिधानसभा अध्यक्षको निर्वाचनमा सुबास नेम्वाङको उम्मेदवारी दर्ता
473.   हराएको जहाज अर्घाखाँचीको मसिनालेकमा दुर्घटनाग्रस्त: सबै यात्रुको मृत्यु
474.   एम्बुलेन्स खरिदका लागि महायज्ञ
475.   नोर्थ्वेस्ट शेर्पा एसोसिएसनको बार्षिक साधारण सभा सम्पन्न
Results 1865: You are at page 19 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics