पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
26.   फेवातालमा डुंगा पल्टियो, ६ जनाको उद्दार २ वेपत्ता
27.   हेलिकप्टर दुर्घटना, नवजात शिशुसहित ७ जनाको मृत्यु
28.   क्षमता भन्दा ४ गुणा बढि
29.   स्थानीय निकाय पुनसंरचनाबारे जिमी (राई)को सुझाव
30.   प्रेस सेन्टर नेपाल सोलुखुम्बुमा भोजराज कार्की
31.   तारा एयर दुर्घटनास् दोषी मौसम र पाइलट
32.   सेवा र निकासी शुल्क तथा दस्तुर असुली न्यून
33.   थुलुङहरुको क्लष्टर बिगारे जस्तो सुकै संघर्ष हुन्छ
34.   आङकाजी स‌ंघीय समाजवादीबाट बाहिरिए
35.   १६ वर्षयता सबैभन्दा धेरै मुद्धाको फैसला
36.   शिशु हत्या आरोपमा महिला पक्राउ
37.   उन्नत जातको बोका पाएपछि खुशी
38.   जिप दुर्घटना हुँदा एक जनाको मृत्यू
39.   विमानस्थलका कर्मचारी नै डलर धन्दामा , शौचालयभित्र रंगेहात पक्राउ
40.   काठमाडौँ भ्युटावरको निर्माण सुरु
41.   सुशासन प्राथमिकतामा परेन
42.   ईजाजत नलिई मदिरा बिक्री वितरण
43.   एसएलसीपछि स्वास्थ्य विषय पढ्न कति अङ्क चाहिन्छ
44.   SLC को नतिजा कसरी हेर्ने
45.   भवन निर्माणको काम सम्पन्न
46.   राष्ट्र ब्यापी रुपमा “यमाहा पावर अफ डान्स”को अडिसन राउण्ड सुरु हुदै
47.   राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला
48.   सोलार वितरण
49.   हर्वल गार्डेन अभियान जिल्ला जिल्लामा विस्तार
50.   कुनै अनियमितता गरेका छैनौं : जनसेवा मा.वि. व्यवस्थापन समिति
Results 1865: You are at page 2 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics