पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
626.   बहराइनमा एक युवाको आत्महत्या
627.   डाँडादेखि डाँडासम्म साइकल दौड
628.   भारतमा रहेका सम्पूर्ण गोर्खालीहरुको नेतृत्व सिक्किमले गर्नुपर्ने
629.   माओवादीले रोल्पामा करोडौं रुपैयाँ गाडेको खुलासा
630.   बेपत्ता भएका प्रहरी १५ वर्षपछि घर फर्के
631.   पत्रकार युवराज लिम्बू स्मृति अक्षयकोषको स्थापना
632.   म्युजिक भिडियो सुटिङ गर्दै गायक गम्बु शेर्पा
633.   फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य आज देखी सकियो
634.   इपीएस पीडितहरु वैद्य माओवादीको शरणमा
635.   यतिले पुरा गरिदियो १०६ वर्षीय राईको धोको
636.   ११ बर्षिया बालिकालाई सामुहिक बलात्कार गर्ने मध्य १ पक्राउ
637.   इजरायलमा रोजगारी अनिश्चित, भाषा सिकाउनेको होड
638.   बुद्धमूर्ति प्रतिस्थापनाको माग गर्दै तेस्रो चरणको आन्धोलन सार्वजानिक
639.   गोर्खाल्याण्ड : तथ्य भर्सेज मिथक
640.   भक्तपुरमा सबै जिउँदा कुखुरा मारिदै
641.   विमानस्थलमा फेरि ठप्प, जेट एयरवेज र चाइना इस्टर्नका जहाज आकासमै होल्ड
642.   काभ्रेमा बर्डफ्लुबाट आठ करोड क्षति
643.   यसरी पक्रियो प्रहरीले हात्तीको दाह्राको कलश
644.   ओखलढुंगामा चट्याङ लागेर एकको मृत्यु
645.   उड्दाउड्दै जहाज बिग्रियो, बीच बाटोबाटै फिर्ता
646.   नाग अर्थात सर्पले डसेमा के गर्ने ?
647.   आदिवासी जनजाति पत्रकारिता पुरस्कार राई र शिल्भियालाई
648.   फोनिज दिवस भब्य रुपमा मनाईने
649.   आइएलओ १६९ कार्यान्वयमा प्राथमिकता दिने रेग्मीको आश्वासन्
650.   ३५ हजार घूस लिने डीएसपीविरुद्ध मुद्दा
Results 1865: You are at page 26 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics