पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
701.   पहिरोमा पुरिएर २ जनाको मृत्‍यु
702.   बौद्धमार्गीहरु बालुवाटारमा विरोध प्रद्धर्शन गर्न उत्रियो ।
703.   गुण्डाका कारण विद्युत् उत्पादन लगानीकर्ता निरुत्साहित
704.   मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लगेर एक जनाको मृत्‍यु
705.   सामाजिक संजाल फेसबुक मार्फत उठेको रकमले अपाङ्ग गृहलाई सहयोग (फोटो फिचर सहित)
706.   डन परशुराम धरौटिमा छुट्दै
707.   नेपाल पत्रकार महासंघद्धारा सोलुखुम्बुको मिङ्मा शेर्पा सम्मानित
708.   सेभेन सम्मिट्स फाउन्डेशनद्धारा माडीको विद्यालयलाई किन्डल सहयोग
709.   प्रेस काउन्सिलमा जनजाति पत्रकारको प्रतिनिधित्व माग
710.   पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
711.   चरीलाई गोली हानेको आरोपमा राधे भण्डारी पक्राउ
712.   मदिरा सेवान गरेका युवाले प्रहरी निरीक्षक कुटे
713.   पत्नी उपचारका लागि सिंगापुर जादै, दाहाल
714.   भक्तपुरमै केदारनाथ पूजा
715.   स्थानीयको सक्रियतामा बाटो मर्मत कार्य सम्पन्न
716.   अनियमितताको आरोपमा प्रधानाध्यापक निलम्बन
717.   मादी नदीमा बस खस्दा ९ को मृत्यु
718.   ग्यास व्यवसायीको आन्दोलन स्थगित
719.   नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्ष सम्मानित
720.   भारतका विदेशमन्त्री सलमान खुर्सिद मंगलवार नेपाल आउँदै
721.   समायोजना लडाकुको तालिम सकियो
722.   बस दुर्घटना १८ घाइते
723.   विदेशमा रहेका नेपालीहरुका लागि मतदान केन्द्रको माग
724.   किरात जनवादी वर्कस पार्टी र सरकारबीच पाँचबुँदे सहमति
725.   अब दैनिक ५ घण्टामात्र लोडसेडिङ
Results 1865: You are at page 29 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics