पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
751.   चुनावमा ७७ हजार म्यादी प्रहरी
752.   वार्षिक ४ अर्बको लागूऔषध करोबार
753.   दुधकोसिको ब्रेलिबिच निकालियो
754.   प्रचण्डको हेलिकोप्टर मोह
755.   निजामती सेवाका लागि कापी जाँच्ने सहसचिव कारबाहीमा
756.   पहिचानसहितको उत्पादनले मात्र देशको विकास हुन्छ
757.   गिरिजाप्रसाद कोइरालाको नाममा २५ बिघा दान
758.   जुम्लामा कर्फ्यू
759.   ५० रुपैयाँका लागि पूर्वराजा ज्ञानेन्द्रलाई चप्पल हाने किशोरले
760.   फोनिज अध्यक्षमा गुरुङ निर्विरोध, अनिज भए फोनिज
761.   मजदुरको न्यूनतम तलब ८ हजार कार्यान्वयनमा
762.   आधारतमा १६९ न्यायाधीशको सिफारिस
763.   अनिजको पाँचौ महाधिबेशन पोखोराम शुरु
764.   कृषि मन्त्रीले तिरेनन् होटलमा ३ लाख
765.   अनिजको पाचौ महाधिवेसन तयारी पुरा
766.   किस्टका सिइओको पत्नी बैंक ठगिमा
767.   घरको नक्सा पास गर्नको लागि अनिवार्या पढ्नुपर्ने
768.   ठगि गर्ने ४६ म्यानपावर कारबारीमा
769.   ठगि गर्ने ४६ म्यानपावर कारबारीमा
770.   पत्रकार केसीको निधन
771.   बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु
772.   बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु
773.   बुद्धको जन्मस्थल खोज्दै म्यानमारका पत्रकार तिलौराकोटमा
774.   सीता एयरको विमान हुम्लामा दुर्घटना
775.   टिचिङ अस्पताल पछाडि ढिस्को खस्दा एकको मृत्यु, २ जना घाइते (फोटो फिचर)
Results 1865: You are at page 31 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics