पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1026.   सुशील कोइराला प्रधानमन्त्रीको उमेद्दारका रुपमा तयार हुने निश्चित
1027.   न्यायाधीशको नियुक्तिका लागि आज अध्यादेश आउने
1028.   प्रचन्डलाई किन झापड हानेका रहेछन 'कुवर'ले
1029.   पुष्पाले हात पारीन 'सिएन हिरो २०१२'
1030.   आदिवासीले जलायो जनगणना–२०६८, एक महिने विरोध कार्यक्रम घोषणा
1031.   पछील्लो तथ्यांकमा साक्षरता प्रतिशत बढ्यो
1032.   महासंघले जनगणना २०६८ विरुद्ध आन्दोलन गर्ने तयारी
1033.   सम्बन्ध बिच्छेद गर्नेको सङ्ख्या ३० प्रतिसतले बढ्यो
1034.   सुरुङ खनि फरार कैदी पक्राउ
1035.   'फैजान हत्यामा भारतीय राज्य संयन्त्र प्रयोग'
1036.   पशुपती र स्वयम्भुका बाँदर सेक्सी
1037.   हातिको आक्रमणमा २ जनाको मृत्‍यु
1038.   मापसेको विवरण प्रहरी चारित्रिक प्रमाणपत्रमा उल्लेख गरिने
1039.   काठमाडौंमा जनसंख्या बढ्यो
1040.   नेपालको जनसंख्या २ करोड ६४ लाख, महिलाभन्दा पुरुष कम
1041.   सोलुखुम्बुका बिरामी फुर्वालाई सहयोग
1042.   एयरपोर्टमा सेटिङ रोकिँदा नाराबाजी
1043.   अफगानीस्तानमा ज्यान गुमाएका कुवारको शव नेपाल ल्याइयो
1044.   प्रहरी हावाल्दारद्दारा आत्महत्या
1045.   १७ जाती गोर्खा सैनिकका सामूहिक काजकिरिया गरिने
1046.   मलेसियाको जेलमा एक नेपालीको मृत्‍यु, लाश अझै बेपत्ता
1047.   हतियार बुझाउने हतारोमा भागत सिंह
1048.   इन्सपेक्टरको तिहार उपहार, ८० हजारको पटाका
1049.   चिनिया नागरिकसँग एमआरपी फेला
1050.   बान्तावा शब्दसङ्कलन सुरु
Results 1865: You are at page 42 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics