पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1201.   यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्‍यु २२ घाइते
1202.   अब अनलाइनमा नै नेपाली किताब पढ्न सकिने
1203.   कारागरको पर्खाल भत्कन थालेपछि कैदी नियन्त्रण गर्न कठिन
1204.   भक्तपुरमा टक्सिस रोगका कारण कुखुरा मर्न थाले
1205.   एयरपोटका पसलमा दोब्बर मुल्य
1206.   लडाकु समायोजन बिहिवारदेखी सुरु
1207.   आइजिपिका लागि मोलमोलाई
1208.   मुल्यबृद्धिको विरोधमा युवा विद्यार्थीद्वारा देशभर चक्काजाम
1209.   बिना भिसा २७ जना बिदेश
1210.   मुनादेवीले भने ‘मार्न लागे, बचाऊ’
1211.   मूल्यबृद्धि फिर्ता लिन साँझ सम्मको अल्टिमेटम
1212.   ६० हजार गोर्खा सैनिकको सामूहिक काजकिरिया गर्ने
1213.   मिस शेर्पा २०१२ का प्रतिस्पर्धी लुम्बिनी भ्रमणमा
1214.   पात्लेमा भाइरल फिवरका कारण बन्द विद्यालय खुल्यो
1215.   एमालेले असन्तुष्ट पक्षको लिखित जवाफ दिन सकेन
1216.   ओखलढुंगामा ट्युमरमरलाई अबैध गर्भ ठानेपछी
1217.   पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी
1218.   कुखुराको मासुको अझै मुल्य बृद्धी हुने
1219.   सिड्नी घोषणापत्रसहित एनआरएन सम्मेलन सनिवार सकिदै
1220.   प्रधानमन्त्रीको राष्ट्रसंघ महासचिव र भारतीय समकक्षीसँग भेट
1221.   गुण्डाका ४ नाइकेसँग अबैध ५० कारोड
1222.   होस्टलमै लागुऔषधको कारोबार
1223.   न्यायधिशकै मुद्दा छिन्न ६ बर्ष
1224.   मापसे गरेर गाडी चलाउने उत्तिकै
1225.   रात्री बसबारे गुनासा सुन्न हटलाइन सेवा : टोल फ्री१६६००१०००७७
Results 1865: You are at page 49 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics