पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1226.   अध्यादेशमार्फत शासन लम्ब्याउने प्रयास : राष्ट्रपती
1227.   दादुरा खोप दुषित
1228.   सुतावासलाई औपचारिक पत्र पुगेन
1229.   प्रधानमन्त्री आज इरान जाँदै
1230.   एनआरएनको क्षेत्रिय सम्मेलन बिहीवार सिड्नीमा हुने
1231.   अज्ञात रोगका कारण चार बालबालिकाको मृत्यु
1232.   अध्यादेश स्विक्रित नभए राम्रो हुन्न : गिरिराज
1233.   राष्ट्रपती र कांग्रेस सभापतिसँग दाहालको भेटवार्ता
1234.   देशवासिको नाममा प्रधानमन्त्रिको सम्बोधन आज
1235.   राष्ट्रपती हटाउनलाई यौन हड्ताल
1236.   ४ अध्यादेश जारी गर्न सिफारिस
1237.   बिमानस्थल निर्माणको रकम लिएकै हो : एमाओवादी
1238.   भदौ २१ बाट लडाकु भर्ना छनोट
1239.   अमेरिकामा वार्षिक १० करोडको नेपाली तमाखु
1240.   पर्सामा प्रहरी र गाँजा तस्करीबिच दोहोरो भिडन्त
1241.   बिशेष समितिको बैठक बस्दै
1242.   अहिलेको गोलमेचमा राजावासी पनि शाहअभागेए हुन्छन: पुन
1243.   सोमवारदेखी बजार अनुगमन तिब्र
1244.   छात्राबसमा एक छात्राले आत्महत्या गरिन
1245.   तीन वर्षभित्र तिनकुने-माइतीघर फ्लाई ओभर
1246.   बाँदर भनी बन्दुक पड्काउदा छोराको मृत्‍यु
1247.   घूस दिने सहसचिवलाई नै नापी महानिर्देशक बनाइँदै
1248.   जलवायु सम्मेलनमा वार्ताका लागि विशेषज्ञसहितको टोली गठन
1249.   बीरगंजमा मजदुर नेताको गोली हानी हत्या
1250.   ट्राफिक चेकमा दुर्घट्नामा, २ जना मृत्‍यु १ जना घाइते
Results 1865: You are at page 50 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics