पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1251.   ट्राफिकलाई छल्न खोज्दा मृत्‍यु
1252.   धनुषामा ३० औं करोड अनियमितता
1253.   एकै चोटि नौ अध्यादेश जारी गर्ने सरकारको तयारी
1254.   विशेष समितिको म्याद ३ महिना थप
1255.   प्रहरी चर्पितिर लाग्दा अभियुक्त फरार
1256.   भन्सार छली बापत एन्सेललाई ४0 लाख जरिवाना
1257.   सिटी सेन्टरमा आगलागी
1258.   २ जनाको हत्या गरी डकैती
1259.   स्थानीयवासी र सशस्त्र प्रहरीबीच झडप
1260.   धरौटिका लागि खड्कालाई ७६ लाख कार्यकर्ता सहयोग, बुधवार अदालत जाने
1261.   सरुवाको बिरोधमा सर्वोच्चमा रिट
1262.   बिशेष समितिको म्याद सकियो
1263.   एसपीलाई हत्याको षड्यन्त्र गरेको आरोप
1264.   महानगरलाई थप दुई दमकल हस्तान्तरण
1265.   माओवादिले नै संबिधानसभा भंग गरेको हो : कोइराला
1266.   मुद्दाको सुनुवाईमा ढिलासुस्ती
1267.   विमानस्थलकालागि ट्याक्सी चालकको पनि एक्यवद्धता
1268.   त्रिशुली नदीमा खसेर ट्रक सहित तीन जना बेपत्ता
1269.   खोलाले बगाएर २ को मृत्‍यु
1270.   नवलपरासिमा बस र ट्रक ठोकिदा ६ को मृत्‍यु
1271.   राष्ट्रपतिलाई सकृय बनाउन हुन्न : कांग्रेस नेताहरु
1272.   उपभोक्ताको बिल अब बिक्री हुने
1273.   चुनाव नहुने भएपछि अध्यादेश फिर्ता गरें : डा. यादव
1274.   प्रहरी नै हिरासतमा
1275.   अध्यादेश रोक्दै गए राम्रो हुँदैन : दाहाल
Results 1865: You are at page 51 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics