पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1451.   काङ्ग्रेस नेता पौडेल अचानक अस्वस्थ
1452.   बाढीले बगाएर एकै परिवारका तीनजना बेपत्ता
1453.   सवेरए दुर्घटनामा २६ जना घाइते
1454.   पत्रकार हत्याका अभियुक्त प्रहरीकै वरीपरी
1455.   समायोजनमा जाने लडाकूको संख्या शुन्य हुन सक्ने
1456.   पूर्वसभासद्का छोरा ठगीको धन्दामा
1457.   बेचिएकी चेलीको पत्रकार बन्ने धोको
1458.   नौ बैंकका २० हाकिमलाई कारबाही
1459.   विद्यार्थी नभएपछि राजधानीकै चार विद्यालय बन्द
1460.   माले जस्तै हुन्छ बैद्यको माओवादी पार्टी: गोपाल किराती
1461.   गृहको सूचीमा गच्छदारले 'टिपेक्स' लाइदिए
1462.   भिआईपीकी भान्जी तक्दा जागिर चट्
1463.   'हेलिकोप्टर' बनाउन नसक्दा विद्यार्थीले गरे आत्महत्या
1464.   हाललाई काङ्ग्रेस बिबाद समाधान
1465.   दूधकोसीले ट्रक बगायो
1466.   फेरी मुल्य बढ्यो डिजेल र मट्टितेलको
1467.   किशोरी बेच्न खोज्ने महिलालाई गाउँलेले पक्रे
1468.   ठगी गर्ने नयाँ तरिका
1469.   ९० करोड मुआब्जा
1470.   प्रधानमन्त्री लगायत २१ सदस्यीय टोली ब्राजिल प्रस्थान
1471.   दुर्घटनमा पारी ५ को मृत्‍यु
1472.   मनसुन सुरुभो नेपालमा
1473.   हुम्ला जिल्लाको सदरमुकाममा खानेपानीको हाहाकार
1474.   'सोलुखुम्बु पुकार'को विमोचन
1475.   लिंग बनाइयो बालकको
Results 1865: You are at page 59 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics