पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
126.   खोसिएको अधिकार फिर्ता गरिदिन नेपाल पर्वतारोहन संघको अनुरोध
127.   दाउराबाट पकाएको खाना स्वादिष्ट
128.   सब-ईन्जिनियर शरदकुमार श्रेष्ठ दुई लाख घुुससहित पक्राउ
129.   आइतबार नयाँ सरकार बन्ने
130.   ट्युमर पिडित बिनालाई थुलुङ कलाकार संघको सहयोग
131.   ग्याँसका ट्यांकरसहित १ सय २७ वटा मालवाहक सवारी साधनहरु भित्रियो
132.   अघोषित नाकाबन्दी भारतले हटायो
133.   फास्ट ट्रयाक निर्माण गर्ने भौतिक योजना मन्त्रीको प्रस्ताव विफल
134.   हुण्डीको कारोबारको आशंकामा आठ ओटा मनि चेन्जरमा छापा
135.   आज देखि निजी सवारीले पेट्रोलियम पदार्थ नपाउने
136.   नेपाल टेलिभिजनमा नयाँ नियुक्तिको लागि गरेको मिनेन्द्र रिजालको प्रयास विफल
137.   तीन घण्टा उभिँदा पनि उनलाई कसैले लिफ्ट दिएनन्.......
138.   तेल अभाव टार्न भोलि देखि जोर बिजोर प्रणाली लागू
139.   नेपालमै पहिलोपटक प्याराग्लाइडिङ चालकले चालक अनुमतिपत्र
140.   किर्तिपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला असोज १५ बाट सुरु
141.   मोर्चाका नेतालाई सार्वजनिक मुद्दा
142.   संविधानको २५५ धारा पारित
143.   धनगढीमा २२ दिनदेखि लाग्दै आएको कर्फ्यु हटाइयो
144.   संविधान निर्माण प्रक्रिया रोक्ने विषयमा तीन दलको बैठक जारी
145.   शेर्पा प्रदेशको लागि छ जिल्ला बन्द ! (विज्ञप्ति सहित)
146.   नेपालको अवस्थाका लागि हस्तक्षेप गर्न संयुक्त राष्ट्रसंघलाई आग्रहको फोरम
147.   प्रदर्शनकारीको आक्रमणमा प्रहरी हबल्दार मारिए
148.   आदिवासी जनजाति आन्दोलनको नेतृत्वमा एमाले र कांग्रेसका सभासद
149.   जनजाति महासंघका पूर्वमहासचिव शेर्पालाई चार दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति
150.   एनआरएनएको क्षेत्रिय उप संयोजक पदको लागि एसी शेर्पाको उम्मेदवारी
Results 1865: You are at page 6 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics