पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1551.   पत्रकार महासंघ ५७ औं स्थापना दिवसमा प्रभातफेरी
1552.   हेलिकप्टर दुर्घटना
1553.   नक्कली परीक्षार्थी पक्राउ
1554.   एक नक्कली परिक्षार्थी पक्राउ
1555.   सामुहिक बलात्कारीलाई कारवाही माग गर्दै प्रदर्शन
1556.   सगरमाथा आरोहण गर्ने शेर्पाले बनाए घडी
1557.   पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि
1558.   मन्त्रीमाथि हातपात
1559.   एक छात्रा सामूहिक बलात्कारपछि मानसिक असन्तुलन
1560.   एक सयको नोटमा लुम्बिनी र अशोक स्तम्भ
1561.   भैसेपाटीमा फेरि वर्ड फ्लु भेटियो
1562.   अनुहारमा रौं भएका देवी बुढाथोकीको परिवार काठमाडौंमा
1563.   १० लाख ६० हजार नेपाली नक्कली नोट सहित २ पक्राउ
1564.   विभिन्न माग राख्दै जातीय संघसंस्थाद्धारा मोटरसाइकल र्याली| फोटो फिचर
1565.   जातीय पहिचानसहितको संघीयताविना नयाँ संविधान जारी भए माओवादी सकिन्छ–प्रचण्ड
1566.   नेपालमा नयाँ प्रजातिको शंखेकिरा भेटियो
1567.   शल्यक्रिया गर्दागर्दै ज्यान गयो
1568.   अशल शासन क्लब महासंघको दोस्रो राष्ट्रिय अधिबेशन सकियो
1569.   भाइ-बहिनीले नै फुटाइदिए आँखा
1570.   अनुसन्धान विभागका कर्मचारीद्धारा श्रीमतीलाई खुकुरी प्रहार
1571.   भैँसेपाटीको कुखुरा फार्ममा बर्डफ्लु संक्रमण
1572.   प्रहरी र अपहरणकारी बिचको झडपमा दुई अपहरणकरीको मृत्‍यु
1573.   बिमान चार्टर गरी सिकार गर्न पर्यटक नेपालमा
1574.   उपत्यका भरी घोडेजत्रा मनाइदै
1575.   एक हल गोरु बेची बनेको हर्बोको सदस्यले फसायो
Results 1865: You are at page 63 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics