पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1601.   मूल्य वृद्धि फिर्ता लिन विद्यार्थीको २४ घण्टे अल्टिमेटम
1602.   जहाज भाडा २ सय रुपैयाँसम्म बढ्ने
1603.   सोमबारबाट लोडसेडिङ नौ घण्टा हुने
1604.   २ आश्रममा छापा २० नाबालकको उद्धार
1605.   ग्याल्बो लोसार हर्सोल्लासका साथ मनाइदै
1606.   संचारमन्त्री गुप्तालाई डेढ बर्ष कैद र ८४ लाख जरिवाना
1607.   २१३९ "छु फो डुक्लो" लोसार गुथुक साझ सम्पन
1608.   असनमा भिषण आगलागि
1609.   भीआइपी थुनुवाद्धय कोइराला र गुप्ताबीच पुरानो चिनजानी रहेछ
1610.   बर्डफ्लुका कारण काठमाडौंका पंक्षीहरु मर्न थाले
1611.   सिटिइभिटीद्वारा नर्सिङ कलेजको शुल्क निर्धारण
1612.   राजधानीका कागमा वर्डफ्लु भएको पुष्टि
1613.   कतारले नेपालमा आवासीय दूतावास खोल्ने
1614.   पूर्व मन्त्री गुप्तालाई १७ वर्ष कैद सजाय माग
1615.   फेरि बर्डफ्लु त्रास
1616.   बाघको आक्रमणबाट बालिकाको मृत्यु
1617.   विहिबारसम्म पानी पर्छ–मौसमविद्
1618.   गाडीमा हरिण छिर्दा खोटाङका तीन खेलाडी घाइते
1619.   हत्यारामाथि तत्काल कारवाही गर्न माग
1620.   बाहिङ किरात मुलुखिमको अध्यक्षमा जुद्ध
1621.   बाहिङ किरात मुलुखिम्को ७औं वार्षिकोत्सव सम्पन्न
1622.   नेपालको सहयोगप्रती जापानद्धारा धन्यावाद ज्ञापन
1623.   राज्यपुर्नसंरचना सम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाए, दक्षिणपन्थीलाई धक्का
1624.   विश्वकै महँगो जडिबुटी \'हिमालयन भियग्रा\' उत्पादन घट्यो
1625.   समयमा संविधान बनाउन दबाव दिदै खाली खुट्टा
Results 1865: You are at page 65 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics