पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1626.   नेपाल आयल निगमले आफै ग्याँस बेच्ने तयारीमा
1627.   छाला जुक्ता प्रदर्शनीमा अवलोकनकर्ताको भीड
1628.   समृद्ध समाज निर्माण गर्न सहिदको बाटो अनुशरण गर्न आवश्यक– राष्ट्रपति
1629.   भिक्षुणीमाथी सामुहिक बलात्कार गर्नेलाई ५० हजारसहित कैद सजाय
1630.   अभिनेत्री सुशिला रायमाझीको निधन
1631.   'चुनाव अघि नै प्रचण्डलाई मार्न चाहन्थे कटुवाल'
1632.   चोमोलुङ्मा प्रतिष्ठानको अध्यक्षमा पुनः संगीतकर्मी पविधन खालिङ
1633.   राजधानीमा बन्दको प्रभाव
1634.   सोलु अनलाईनका संस्थापक सदस्य राना गम्भीर दुर्घटनामा
1635.   माओवादी अध्यक्ष प्रचण्ड बसाई सर्दै
1636.   २०११ का ११ मुख्य घटनाक्रम
1637.   नेपाल मगरसंघको नयाँ केन्द्रीय समिति र घोषणपत्र सार्वजनिक
1638.   फेसबुक कूटनीतिको चर्चा
1639.   महेन्द्र थापा मगर मगर संघ केन्द्रिय अध्यक्षमा बिजयी
1640.   पूर्वका नौ जिल्लाको जनजीवन तेस्रो दिनपनि कष्टकर
1641.   अपहरणको दुई दिनसम्म खबर नआउँदा परिवार चिन्तित
1642.   साउदी अरबमा नेपालीलाइ मृत्युदण्ड दिदै,दुताबास चुपचाप
1643.   मकालु एयरको जहाज दुर्घटना
1644.   एडम्स पछि माइकल लर्न्स टु रकले ततायो काट्मान्डु
1645.   आगलागीको क्षति १० करोडभन्दा माथि पुग्ने
1646.   बम वाहक बिमान बनायो
1647.   लुक्लाको मौसम सफा
1648.   आज उडान हुन सक्ने
1649.   सुनकोसीमा यात्रुबाहक बस दुर्घटना, १२ जना घाइते
1650.   खालिङ केन्द्रद्धारा द्यौसी भैलो कार्यक्रमको समिक्षा सम्पन्न
Results 1865: You are at page 66 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics