पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1726.   ‘चालक निदाउँदा' बस बस दुर्घटनामा
1727.   कुटनीतिक राहदानी दुरुपयोगको आरोप लागेकाले राहदानी देखाउँदै भने–यो मधेस विरुद्धको षडयन्त्र हो
1728.   माओबादी नेता हत्याको छानबिन गर्न समिति गठन
1729.   'सैनिकले श्रीमती मारे'
1730.   श्रीमान्‌ले मार्न खोजेः सभासद नेपाली
1731.   माओवादी कार्यकर्ताको गोली हानी हत्या
1732.   प्रधानमन्त्री राति ९ बजे इस्तानबुल उड्दै
1733.   गोली हानेको विरोधमा मेची राजमार्ग बन्द
1734.   भोलिदेखि लोडसेडिङ घट्ने (तालिकासहित)
1735.   लादेनपछिको विश्वका चुनौती
1736.   १४ मन्त्री र पाँच राज्यमन्त्रीसहित मन्त्रिमण्डल पुनर्गठन
1737.   झक्कुलाई गालामा हानें
1738.   आमा छोरीद्वारा आत्महत्या
1739.   आज आमाको मुख हेर्ने दिन
1740.   माओवादी सभासद् सुवेदीलाई सर्वसाधारणले झापड हाने
1741.   श्रमजीवि पत्रकारको हित र प्रेस स्वतन्त्रताको रक्षा सबै उमेद्धारहरुको नारा
1742.   यसरी 'गायब भए' ४५० जना !
1743.   पासाङ ल्हामु भलिबल प्रतियोगिता सगरमाथा समाज सेवा नाम्चेलाई
1744.   माओवादी मजदुर नेतामाथि आफ्नै मजदुरद्धारा कारवाहीको माग
1745.   मस्जिदसहित ११ घर जलेर नष्ट
1746.   अधिकांश क्षेत्रमा बन्दको प्रभाव
1747.   इन्टरनेटबाटै तिर्न सकिने ट्राफिक जरिवाना
1748.   कन्सलटेन्सीमा छापा, नक्कली पासपोर्ट बनाउने पक्राउ
1749.   नक्कली तथ्याङक देखाउने उद्योगी थापालाई ६ महिना जेल
1750.   अनुजाबारे अन्योल
Results 1865: You are at page 70 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics