पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1751.   समाचार वाचिकासहित दुई सञ्चारकर्मीमाथि साङ्घातिक आक्रमण
1752.   अनुजाको खबर शंकास्पद देखिएपछि झस्कियो शितल निवास
1753.   भागबन्डाको विरोधमा पत्रकार अनसनमा
1754.   हतियारसहित पक्राउ
1755.   भिसी तुलबहादुर पुनको निधन
1756.   भेट्टाएको ९१ लाख फिर्ता गरिन अनुजाले
1757.   राज्यमन्त्रीहरूद्वारा सरकारी निवास कब्जा
1758.   थिन्ले र प्रधानमन्त्री खनालवीच भेट
1759.   नेपालकै होटलमा नेपालीलाई निषेध
1760.   फाँटमा सिसिटिभी, कर्मचारी बाहिरै
1761.   किरात राईअन्तराष्ट्रिय सम्मेलनद्धारा १९ बुदे घोषणा पत्र जारी
1762.   नेताहरू हेरेको हेर्‍यै
1763.   राष्ट्रपति यादव वीर अस्पतालमा
1764.   पशुपतिको सम्पत्ति कति ?
1765.   अञ्जु पन्त र मनोजराज अलग हुने बाटोमा
1766.   नेकपा माओवादी जनविद्रोहका प्रमुख पाँच नेता पक्राउ
1767.   खनाल र नेपालबीच जग्गा विवाद
1768.   यूटीएल ९० करोड रोयल्टी नतिर्ने प्रयासमा
1769.   युनिटी कार्यकर्ताले नाराबाजी गर्दै भने- खनाल-दाहाल नायक हुन्
1770.   राष्ट्रपति शासन लगाउने षड्यन्त्र भए नयाँ आन्दोलन : डा. भट्टराई
1771.   साई बाबाको अवस्था चिन्ताजनक
1772.   सुदूरपश्चिम र भारतमा भूकम्प
1773.   एमआरपी बितरण सहज बनाउन नेपाल बन्द गर्ने
1774.   कुनै पनि हालतमा नफर्किने अर्थसचिव खनाल प्रष्टीकरण
1775.   प्रथम शहीद क्या.लखन थापा मगर चोक स्थापना
Results 1865: You are at page 71 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics