पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1801.   असत्य माथि विजय : खुशी साट्ने परम्परा
1802.   दिल्लीमा २५ वर्षकी नेपाली युवतीद्वारा 'आत्महत्या'
1803.   नेपालसम्म विकिरण नआईपुग्ने
1804.   यसरी भए 'अकुत'
1805.   राजाका तस्विर अंकित सबै नोट चल्ने
1806.   लोडसेडिङले सुपरमार्केटका सञ्चालक ज्यान लियो
1807.   आजबाट सबै बैंकले राजाको तस्बिर भएको पैसा लिने
1808.   ओलम्पिक हेर्न लन्डन जाने कि !
1809.   संविधान निर्माणबारेका केही विवादित बुंदामा सहमति
1810.   पशुपतिमा देखिएको समस्या अध्ययन र समाधानको उपायको खोजि सुरु
1811.   १२ नेपाली सम्पर्कविहीन
1812.   इन्भर्टरको खराबीले आगलागी, दुई करोडको क्षति
1813.   बलात्कार भएकी बालिका विद्यालयबाट निस्कासित
1814.   टेलिकमले सिडिएमए पुरानो सेटको सट्टा नयाँ दिने
1815.   १५० किलो चरेससहित भारतीय गाडी राजधानीमा समातियो
1816.   विश्वकै होचो गाई लोपोन्मुख
1817.   राज्यकोषबाट १२ करोड ब्रम्हलुट
1818.   किसुनजीको पार्थिव शरीर आर्यघाटमा
1819.   भेरी डाइभर्सनले जग्गाको भाउ तेब्बर
1820.   भट्टराईलाई राजकीय सम्मान / भोलि सार्वजनिक बिदा
1821.   अन्तिम संस्कार भोलि, अस्तुलाई कांग्रेसले पचहत्तरै जिल्लामा पुर्‍याउने
1822.   किशुनजीको स्वास्थ्य झन् बिग्रदो
1823.   बल्खुमा एमालेले नयाँ भवन बनाउने
1824.   राष्ट्रपति यादब कुबेत प्रस्थान
1825.   तेह्र युवतीलाई बन्धक बनाउने तीन दलाल नियन्त्रणमा
Results 1865: You are at page 73 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics