पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1826.   अरब राष्ट्रको तनावले सुनको भाउ बढ्दो
1827.   जेलभित्रबाटै अपराध
1828.   दिर्घायुको अभिसेक सँगै मोन्लाम् छेन्मो सम्पन्न
1829.   अनौठो व्यबहार देखाइरहन्थ्यो मुन्डे- आमा
1830.   एम्बुस पड्किँदा एकको मृत्यु
1831.   न्युजिल्यान्डमा महाभूकम्प
1832.   दुई जोडीमाथि खुर्पा प्रहार
1833.   नागरिककर्मीसहित पत्रकार कुटिए
1834.   मण्डपमै रोकियो बाल विवाह
1835.   रिक्सा चढेर विश्वकप उद्‍घाटन
1836.   राहदानी दुरुपयोग गर्ने सभासद्लाई कारबाही भएन
1837.   अमेरिकी सहायक मन्त्री नेपालमा
1838.   गृह दिए एमाले चुप बस्दैन : ओली
1839.   १ महिनामा ३६३ दुर्घटना
1840.   भोलि सरकारले पूर्णता पाउँछः दाहाल
1841.   भागबण्डा मिल्यो/गृहसहित माओवादीलाई ११ र अर्थसहित एमालेलाई आठ मन्त्रालय
1842.   लडाकु कमाण्डरद्वारा आत्महत्या
1843.   गाउँलेद्वारा प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते
1844.   २५ वर्षे युवकका छ पत्‍नी
1845.   इन्टरनेट टिभी आउनै लाग्यो
1846.   नेपालीलाई अर्को एउटा अनौठो विश्व किर्तिमान
1847.   पशुपतिक्षेत्रमा 'प्रेम'/'भ्यालेन्टाइन डे' निषेध
1848.   किरात राई अन्तर्राष्ट्रिय सम्मेलन तथा महोत्सव चैतमा
1849.   श्रीमतीलाई जिस्क्याएको रिसमा कुटेर हत्या
1850.   बिहेको भोलिपल्टै दुलहा-दुलहीको मृत्यु
Results 1865: You are at page 74 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics