पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1851.   सिन्डिकेटवालाद्वारा गाडी नियन्त्रण
1852.   शवसँगै बनाइएका 'पिलर' हटाइने
1853.   बत्ति अव दिनमा १० घन्टामात्र ! (लोडसेडिङ सेड्युल सहित)
1854.   एनटिसीले के के छुट गर्‍यो ?
1855.   बैना फिर्ता दिने
1856.   ट्रकले किचेर प्रहरीको मृत्यु
1857.   लुट्न आएकाहरु हतियारसहित पक्राउ
1858.   निवर्तमान प्रधानमन्त्री रात्रिभोज गरेर बालुवाटार छाड्दैछन्
1859.   खासाका रेस्टुरेन्टमा नेपाली चेली छ्याप्छ्याप्ती
1860.   महिला आफ्नै श्रीमान र घरपरिवारबाट बढी असुरक्षित
1861.   जग्गा किन्दै हुनुहुन्छ ? होस गर्नुस्
1862.   धनकुटामा स्थानीय ब्लु भिडियोको बिगबिगी
1863.   सात हजारसम्म लडाकु समायोजन गरे कुरा मिल्छ : माओवादी नेता पुन
1864.   माओवादी अध्यक्ष दाहालद्वारा प्रधानमन्त्रीमा सघाउन कोइरालासंग आग्रह
1865.   'लिग लिग दौड – नयाँ प्रधानमन्त्री छान्ने दौड प्रतियोगिता'
Results 1865: You are at page 75 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics