फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
226.   भुकम्प पिडित खुल्ला आकाशमुनी,वृद्धवृद्धा र बालबालिको बिचल्ली
227.   भुकम्पले सोलुखुम्बुमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो ,११४ घाइते,सयौं घरहरु पुर्ण रुपमा क्षति
228.   मुलुकभर भुकम्पको ठुलो धक्का
229.   १५दिने पथप्रर्दशक तालिम सुरु
230.   सोलुखुम्बुमा बुद्ध जयन्ती भव्य रुपले मनाउने
231.   सोलुखुम्बुको जोर बौद्ध पर्यटकीय आकर्षणको केन्द्र बन्दै
232.   एमालेको बैठक सम्पन्न, छैंटौ अधिवेशनको तयारी तिव्र
233.   सोलुखुम्बुमा स्याङबोचे याक विकास फार्मको ४२ औं स्थापना दिवस
234.   चोमोलोङमा हस्पिटल नियमित संञ्चालन १३ जनाको स्वास्थ्य उपचार
235.   सोलुखुम्बुमा मिडिया सोसाइटी गठन
236.   सगरमाथाको आधार शिविरमा ३ सय ६६ आरोही
237.   शेर्पा जातिको बिबाह, पुख्र्यौलि परम्परा
238.   अनिश्चितकालिन बन्द पसलहरु खुले
239.   मौसम खराबीले सगरमाथा आधारशिविरमा समस्या
240.   सगरमाथा आधारशिविरमा हिमपात हुँदा जनजीवन कष्टकर
241.   सरसफाई अभियान १४औं हप्तामा सत्तरी प्रतिशत फोहोर व्यवश्थापन
242.   लघुवितिय बैंकिङ्ग कार्यक्रम सम्पन्न
243.   महिलाहरु लोकसेवा प्रति आकर्षित
244.   म्याद गुज्रेका सामाग्री बरामत
245.   सोलुखुम्बुमा १२ सयले नामदर्ता गराए
246.   १०४ कर्मचारी कार्वाहीमा परे
247.   सोलुखुम्बुको दुधकोशी नदीमा डुबेर बालकको मृत्यु
248.   बन्दले सोलुखुम्बुको जनजिवन प्रभावित
249.   बालिका बलत्कार गर्ने युवक पक्राउ
250.   खुम्बुमा एभरेष्ट गोल्ड कप हुदैं
Results 2134: You are at page 10 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics