फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
351.   चाथौं सम्मेलनको तयारी तिव्र
352.   कुलुङ्गहरुले मनाए चाक्चाकुर
353.   पहिचान सहितको संविधान निमार्णका लागि दबाबमुलक सभा गर्ने
354.   उपवेशिनको कार्ययोजना तयार
355.   तिब्बतीयनले काठमाडौ जान पाएनन्
356.   जिमी राईको चौंथो सम्मेलन बासामा
357.   उपभोग्य वस्तुको मुल्यमा कमी
358.   चलचित्र प्रवासको च्यारिटी सोलुखुम्बुमा
359.   पहिचानको एजेण्डामा माओबादीकै विरुद्ध आन्दोलन - अध्यक्ष तुलाधर
360.   खेलमैदान शिल्यानास हुने
361.   १३५ वटा घटना सार्वजनिक
362.   स्थायी अध्यापनको करिब ५ सय आवेदन
363.   विद्युत खपत कम गर्न आग्रह
364.   काठमाण्डौ बाट सोलुखुम्बु तर्फ गएको जिप दुर्घटना
365.   च्याल्साको साधारण सभा सम्पन्न
366.   पतंञ्जली योग समिती गठन
367.   रोयल्टी बाँडफाँटका लागि बैठक बस्दै
368.   हिउँले सल्लेरी आसपास सेताम्मे
369.   काँग्रेस सोलु–काठमाण्डौ सम्पर्क समितिका महासचिबद्धारा राजिनामा
370.   रिड नेपालको पुर्नताजकि तालिम सुरु
371.   ४ लाखको अलैँची चोरी
372.   चलचित्र “प्रवास” को पहिलो च्यारिटी सोलुखुम्बुमा हुने तयारी
373.   छोरोको कुटाईबाट बाबुको मृत्यु
374.   चिसोले बिरामीको सङख्या बढ्दो
375.   लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न
Results 2134: You are at page 15 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics