फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
376.   भ्रममा नफस्न हिमालीको आग्रह
377.   सहकारीको आर्कषण बढ्दो
378.   चलचित्र कुसुमको प्रर्दशनी हुने
379.   दोभान सहकारीको उद्घाटन
380.   जलवायुको कार्यशाला गोष्ठी सम्पन्न
381.   अन्र्तराष्ट्रिय अपाङ्गता दिवश सम्पन्न
382.   सोलुखुम्बुको ४ गाविस नगरपालिका बनाउने
383.   सोलुखुम्बुमा एचआईभी संक्रमित शुन्य
384.   विद्युत बिग्रिएपछि स्थानिय मारमा
385.   खुम्बु आउने पर्यटकको सङ्ख्यामा वृद्धि
386.   आयुर्वेद औषधिप्रति आकर्षण घट्दो
387.   सोलुखुम्बुमा १३२ सवारी कार्वाहीमा
388.   सोलुखुम्बुमा नयाँ प्र.जि.अ ढकाल
389.   विवादका कारण योजना तर्जुमा गोष्ठी स्थगित
390.   फाप्लुबाट गोमा एयरको उडान सुचारु
391.   प्रमुख जिल्ला अधिकारी तिमल्सेनाको बिदाई
392.   अन्र्तराष्ट्रिय बाल दिवश सम्पन्न
393.   लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम हुदैं
394.   सरसफाई सम्बन्धी तालिम सम्पन्न
395.   पशु सेवा कार्यलयको सार्वजनिक सुनुवाई
396.   मानव अधिकार आयोगको योजना तर्जुमा गोष्ठी सम्पन्न
397.   मुखपत्र लोकवाणी प्रकाशन गर्ने तयारी
398.   सुकुम्बासीको निवेदन दर्ता क्रम बढ्दो
399.   केरुङ्ग खुल्ला दिशामुक्त गा.वि.स घोषित
400.   खातापाता सम्बन्धीत गा.वि.सलाई जिम्मा
Results 2134: You are at page 16 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics