फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
401.   लुक्ला होटलमा पर्यटक मृत अवश्थामा
402.   आँखा उपचार सम्बन्धी ५ दिने तालिम
403.   सभाषद बोकेको विमान दुर्घटनाबाट बच्यो
404.   प्रसासन स्थापना गर्न मन्त्रालयसँग माग
405.   ट्राफिक नियम लागु भाडादर वृद्धि
406.   सोलुखुम्बुमा विष सेवनबाट एकको मृत्यु
407.   जिल्लामा शान्तीपुर्वक चाडपर्व सकियो
408.   जिप दुर्घटनामा ११ जनाको मृत्यु
409.   भाइटीकाको साइत ११ बजेर ३५ मिनेटमा
410.   सोलुखुम्बुमा नयाँ डिएसपी
411.   मानवअधिकार उलङघनका घटना सार्वजनिक
412.   दुई बालबालिकाको जलेर मृत्यु
413.   ५९ औं प्रहरी दिवस सम्पन्न , डिएसपीको सरुवा
414.   बालिका सहित विवाहित महिला बलत्कार
415.   विमान सुचारुले सोलुबासीमा खुसी
416.   पर्यटकको भारी बोकेर पढाई खर्च
417.   लुक्लाबाट नयाँ जहाज उड्ने
418.   बिपद जोखिम न्युनिकरण दिवस सम्पन्न
419.   गा.वि.स सचिव नहुंदा सेवाग्राही मारमा
420.   महिलाहरु एकजुट हुनुपर्नेमा जोड
421.   मादक पदार्थ सेवन गर्ने शिक्षकलाई सेवाबाट हटाउने
422.   सल्लेरीमा ४ दिने उद्घोषण तालिम
423.   तारा एयरलाइन्सले हरेक बुधबार उडान भर्ने
424.   सोलुखुम्बुको कारागारबाट ३ कैदीबन्दी रिहा
425.   टेलिफोन अबरुद्ध सेवाग्राही मारमा
Results 2134: You are at page 17 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics