फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
451.   खुल्ला दिशामुक्त बन्ने तयारीमा केरुङ्ग
452.   सोलुमा सुकुम्बासी आयोग
453.   सोलुखुम्बुका डीएसपीको सरुवा
454.   पहिरोले पठनपाठन प्रभावित
455.   आठ वटा अबैध हतियार बुझाइए
456.   रकम अभावमा भवन अलपत्र
457.   काँकु खोला लघुजलविद्युतको निर्माण कार्य अन्तिम चरणमा
458.   तिजमा खुल्ला प्रतियोगिता गर्ने
459.   प्रस्तावना पेश गर्ने समयअवधि थपियो
460.   अज्ञात रोगका कारण बिद्यार्थीहरु अचेत
461.   आ.व. २०७०/७१ मा ३५,२४५ जना पर्यटक खुम्बुमा
462.   भकाञ्जेमा भवन पुर्ननिमार्ण हुदैं
463.   किराँत राई पत्रकार संघको पुर्नगठन
464.   बाबुराम भटराईलाई पार्टी जिम्मा लगाउन नसकिने एमाओबादी नेता विष्ट मगरको उद्घोष,
465.   नेपथ्यमा राजनिति . पर्दामा कृषि
466.   बजारमा ब्रोइलर कुखुराको अण्डा अभाव
467.   दलित विद्यार्थीलाई छात्रावासको अवसर
468.   शुन्य विद्यार्थीमा पनि शिक्षक दरबन्दी
469.   ड्याम साइटमा डुबेर युवकको मृत्यु
470.   टेलिकमको सेवा बिस्तार अन्तिम चरणमा
471.   जिल्ला कारागारमा मृगको मृत्यु
472.   एस.एल.सी पुरक परिक्षा सुरु
473.   फलफुल तथा तरकारीको भाउ आकासियो
474.   शेर्पाहरुको महान चाड फाङ्ङी भव्यताका साथ मनाईयो
475.   भारतीय प्रधानमन्त्री मोदीको नेपाल आगमन
Results 2134: You are at page 19 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics