फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
26.   पसल सिलवन्दी
27.   तालिम सुरु
28.   हवाई यात्रु बढे
29.   टाक्सिन्दुमा ठ्रोमा वाङ हुने
30.   आजबाट टाईम कार्ड लागु
31.   ट्राफिक बोर्ड धरापमा
32.   ट्राफिक बोर्ड धरापमा
33.   सल्लेरीमा ट्रक दुर्घट्ना
34.   आत्मनिर्भरताको विकल्प
35.   कण्डम फालेको कसले हो ?
36.   कृतिम गर्भाधानप्रति उत्शाहित
37.   पर्यटकिय क्षेत्र र सदरमुकाम छुट्यो
38.   जनताको राय नलिई पुर्नसंरचना हुदैन
39.   भवन निर्माणको काम तिव्र
40.   छोरीको उपचारका लागि हजारदिनका आमाले सहयोग गरे
41.   सरोकार समिति गठन
42.   किरातीलाई नफुटाउन सामाको सुझाव
43.   जोखिम न्यूनिकरणको पहिलो चरणको काम सम्पन्न
44.   घट्टेखोला एक जनाको शव फेला
45.   पिके सञ्चार प्रा. लि.ले एक साथ रेडियो र इन्टर्नेट सेवा
46.   पहिरोले १४ घर विस्थापित
47.   टाक्सिन्दुमा ठ्रोमा वाङ हुने
48.   कर्मचारीलाई सम्मान
49.   रगतका लागि सुरक्षाकर्मी र चिकित्सकको भर
50.   कर्मचारी नहुदा समस्या
Results 2134: You are at page 2 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics