फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
476.   पहिरो खुलाउन सुरक्षा निकायको बैठक बस्दै
477.   बर्षाले ग्रामिण सडक अबरुद्ध
478.   गरिबी निवारण परियोजनाको सदरमुकाम सल्लेरीमा सार्वजनिक सुनुवाई
479.   स्तनपान सप्ताह मनाइदैं
480.   निक्षेप बढे पनि कर्जा लगानीमा कमी
481.   भीर माहुरीका घारहरु घट्दै
482.   छात्रवृद्धिका लागी २४ जना छनोट
483.   आर्थिक वर्षमा ११२ अपराधिक घट्ना
484.   मौसम खुलेपछि यातायात सुचारु
485.   युवा विदेशिए पछि खेतीयोग्य जमिन बाँझो
486.   फारक शेर्पा किदुखमा नयाँ कार्यसमिती
487.   पिके सोलुखुम्बु टाप्टीङ समाज सेवाको बार्षिक साधारण सभा सम्पन्न
488.   अस्पतालमा बिरामीको सङ्ख्या बढ्दो
489.   शेर्पा विद्यार्थीलाई छात्रवृत्ति
490.   भुवा खोलाको झोलङ्गे पुल जिर्ण
491.   शेर्पा सञ्चार समुहको तर्दथ समिती
492.   चौरिखर्क गा.वि.स. का ८ वटा सामुदायिक वनहरुको साधारण सभा सम्पन्न
493.   सगरमाथा राष्ट्रिय निकुञ्जको ३८ औँ स्थापना दिवस सम्पन्न
494.   बन नविकरण गराउनेको सङ्ख्या न्युन
495.   शेर्पा संघ युरोपद्धारा पासाङ्ग सम्मानित
496.   पोष्टपेड सीममा प्रयोगकर्ताको कम आकर्षण
497.   आयुर्वेदमा सेवाग्राहीको सङ्ख्या घट्दो
498.   शेर्पा संघ युरोपद्धारा आर्थिक सहयोग
499.   आँपमा संक्रमण देखिएपछि सोलुका किसानहरु चिन्तित
500.   हिमालायन मध्यबर्ती क्षेत्र सामुदायीक वन उपभेक्त समुहको साधारण सभा सम्पन्न
Results 2134: You are at page 20 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics