फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
501.   कारागारमा नाबालक पनि
502.   एमसीपीएम्मा सोलुखुम्बु जिविस असफल
503.   साल्मे सिस्नेरी सडक अवरुद्ध
504.   नियमको कार्यन्वयन गर्न जोड
505.   सोलुखुम्बुको विद्यालय नक्साङ्कन
506.   सडक विवाद पछि झडपमा घाइते
507.   भानु जयन्तीको अवसरमा रामायन तथा रचना बाचन कार्यक्रम सम्पन्न
508.   शान्ति मेलमिलाप सम्बन्धी अन्र्तक्रिया
509.   जिल्ला स्तरीय जेष्ठ नागरीक भेला
510.   सोलुखुम्बुको मुक्लि प्लाष्टिक मुक्त हुदैं
511.   लैङ्गिक हिंसा सम्बन्धी अन्र्तक्रिया
512.   इन्सेक सोलुखुम्बुको मानव अधिकार उलङ्घन घट्नाबारे समिक्षा कार्यक्रम
513.   बालन्याय सम्बन्धी अन्र्तक्रिया
514.   सोलुखुम्बुको सोताङ्गमा सिलिन्डर पड्किदाँ दुई जनाको मृत्यु
515.   दरबन्दी मिलान सम्बन्धी सुझाब दिन कार्यदल गठन
516.   अलैंचीको बिरुवा वितरण सुरु
517.   बालिका बलत्कारीलाई १० वर्ष कैद
518.   जलवायु परिवर्तण सम्बन्धी अन्र्तक्रिया
519.   नाट्य संस्था महासंघ नेपाल सोलुखुम्बुमा
520.   सोलुखुम्बुको दुई स्थानमा प्रहरी चौकी
521.   नेलेका अग्नि पिडितहरुलाई नेचामा राहत संकलन
522.   खुम्बु भ्रमण सकेर फर्किए प्र.जि.अ तिमल्सीना
523.   पचासी वर्षमा एस.एल.सी पास गर्नुभएका राइटर बाजेको निधन
524.   बलत्कारीलाई सुनाए १० वर्षको कैद
525.   एःमाओवादी सल्लेरी गाउँ कमिटीको बैठक सम्पन्न
Results 2134: You are at page 21 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics