फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
526.   वातावरण सम्बन्धी अन्र्तक्रिया
527.   कोशीपारी घुम्तीशिविर सञ्चालन हुदैं
528.   एमालेको नौ औं महाधिवेशनमा सोलुखुम्बुबाट सर्वसम्मत प्रतिनिधी
529.   दमित आवाज गजल संग्रहको विमोचन
530.   अंग्रेजी भाषा तथा आलु चिप्सको समापन
531.   छेस्काम माविलाई ८ लाख दिने सभासद केसीको घोषणा
532.   डेढ करोडको लागतमा नेचा सामुदायीक अस्पताल बन्दै
533.   लज्जास्पद सोलुको एस.एल.सी.नतिजा
534.   फाप्लु विमानस्थल एक महिना भित्र सूचारु हुने
535.   सोलुखोला तुइन्टार लघुजलविद्युतमा आर्थिक अपार्दर्शिता, सरोकारवालाको आक्रोस
536.   चर्पीको सेफ्टी ट्यांकीले लियो बालकको ज्यान
537.   राष्ट्रिय लोक संचारकर्मीको शाखा सोलुखुम्बुमा
538.   दुई विद्यालयको नतिजा शुन्य - SLC result TABLE (2070 & 2069)
539.   फाप्लु विमानस्थल र यसको सम्भावना
540.   सोलुखुम्बुबाट २०.८६ प्रतिशत मात्र उत्तीर्ण, २ विद्यालय नील
541.   व्यावसायिक चिराइतो खेती तालिम गुदेल गाविसमा सम्पन्न
542.   सोताङमा तोश ङेर यो (भुमे पुजा)सम्पन्न
543.   आगलागीमा एक वृद्धको मृत्यु
544.   पन्ध्रौं राष्ट्रिय सरसफाइ सप्ताहको समापन
545.   गुदेल गा.वि.स झलमल्ल हुने तयारीमा
546.   पार्टीलाई एक ढिक्का बनाउने प्रतिवद्धता
547.   उभौली लागे भेडीगोठ
548.   कमजोर छैनन् महिला ।
549.   सोलु काठमाण्डौ मिलन समाजको छैठौ वार्षिक साधारण सभा सम्पन्न
550.   बृत्तचित्र निर्माण गर्दै हिमाल आरोही
Results 2134: You are at page 22 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics